बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमालेको चुनावी घोषणा पत्र - नेपालको खेल जगतलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्य

मंगलबार, १५ कार्तिक २०७९खेलपाटी संवाददाता
एमालेको चुनावी घोषणा पत्र - नेपालको खेल जगतलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । नेकपा (एमाले) ले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।  

काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा शीर्षकमा खेलकुदको विषय राखिएको छ ।

घोषणा पत्रमा यवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिने उल्लेख छ ।

बाह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीनवटा मात्र स्वर्ण पदक जितेको नेपालले एमालेको नेतृत्वको सरकारको समयमा भएको तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भएको उल्लेख गर्दै  एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरी खेलाडीहरूलाई सक्षम बनाइने तथा उनीहरूको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गरिने छ, आवश्यक मात्रामा खेल पूर्वाधार तयार गरिने उल्लेख गरिएको छ ।

यस्तै खेलाडीहरूको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृति प्रणाली  कार्यान्वयनमा ल्याइने, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रतिष्ठा र मित्रता अभिवद्धि गर्न नेपालको खेल जगतलाई नयाँ उचाइमा पुर्र्याइने उल्लेख छ ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्न सक्ने सम्भावना भएका युवाको खोजी गरिने, क्षमता विकासका प्रशिक्षण र तालिम दिइने, खेल प्रतियोगिताहरूमा भाग लिने अवसर उपलब्ध गराइने र खेलाडीहरूको प्रवर्धन गरिने तथा खेलाडीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा विजय हासिल गर्न सक्छौँ भन्ने आत्मविश्वास र उत्साह जगाइने उल्लेख  छ ।

 

Loading ad...
LiNing Ad
एमालेको चुनावी घोषणा पत्र - नेपालको खेल जगतलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने