मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

शनिबार, २४ मंसिर २०७९खेलपाटी संवाददाता
टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौंले तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । धनगढीले १ स्वर्ण प्राप्त गर्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका विजय थापा तथा महिलामा काठमाडौंकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषको ३०.५–३५ केजीमा काठमाडौंका लोकेन्द्र तामाङ, ३५.५–४० केजीमा सर्लाहीका कृष्ण पण्डित, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५–५० केजीमा काठमाडौंका विजय थापा, ५०.५–५५ केजीमा काठमाडौंका सुनिल विष्ट र ५५.५–६० केजीमा काठमाडौंका सुमन तामाङले स्वर्ण जिते ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पारे । पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई टाखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषमा १ सय १० र महिलामा ४० गरी १ सय ५० खेलाडी सहभागी थिए । पुरुषमा ६ तथा महिलामा २ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताअघि संघको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार आयोजना गरिएको थियो । राखेपमै भएको दुईदिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए ।

Loading ad...
LiNing Ad
टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने