मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल छाडेर विशाकाको रग्बी उडान

सोमबार, २६ मंसिर २०७९नमीन ढकाल
फुटबल छाडेर विशाकाको रग्बी उडान
Loading ad...
mustang rice ad

इलाम । इलामको सूर्योदय नगरपालिका—९ की विशाका माक्रिहाङ राई (२२) लाई खेलकुद क्षेत्रमा फुटबलरको रुपमा चिनिन्छ । विभागीय टोली त्रिभुवन आर्मीमा आवद्ध विशाका महिला फुटबल टोलीको ब्याकबोन थिइन् । अधिकांश समय आर्मीको बेञ्चमा देखिने विशाकाले केही महत्वपूर्ण खेलमा गोलपोष्ट सम्हालेको अनुभव छ । गोलरक्षक अञ्जना राना मगरको विकल्प हुन् विशाका । गाउँघरमा हुने साना टोलकपबाट उठेर राष्ट्रिय स्तरको गोल्डकप खेलेकी विशाकालाई फुटबलर मात्र भनेर चिनाउँदा अन्याय हुन्छ । करिब ८ वर्ष फुटबलरको रुपमा विताएकी उनी नेपाली राष्ट्रिय रग्बी टिमको महत्वपुर्ण सदस्य पनि हुन् ।

फुटबलमा प्रवेश

विशाकाको खेल यात्रा इलामको सूर्योदय नगरपालिकाबाट सुरु भयो । सोही क्षेत्रकी एन्जिला तुम्बापो सुब्बाले राष्ट्रिय टोलीबाट फुटबल खेल्दै गर्दा विशाका फुटबल सर्मथक मात्र थिइन् । गाउँका अग्रजहरुले एन्जिला जस्तो बन्नुपर्छ भन्दा विशाकामा फुटबलर हुने हुटहुटी जाग्यो ।

No description available.

फुटबल मार्फत खेलकुद प्रवेशलाई विशाका यसरी सुनाउँछिन्, ‘ इलाम एक त खेलकुद माहोल भएको क्षेत्र गाउँघरमा समेत गेमलाई सर्पोट गर्नुहुन्थ्यो । एन्जि दिदि (एन्जिला तुम्बापो सुब्बा) गेम खेलेर राष्ट्रिय फुटबल टोलीमा पर्दा मैले खेल्न पनि थालेको थिइन् । गाउँमा एन्जि जस्तो बन्नुपर्छ भन्थे । खेलेर एन्जि दिदि जस्तो बन्नुपर्ने रहेछ भनेर चाहि गेम स्टार्ट गरेको हुँ । ’

८ वर्ष फुटबलमा बिताएकी उनले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर नपाएपनि राष्ट्रिय प्रतियोगितामा भने राम्रो एक्सपोज हुने अवसर पाएकी थिइन् । आर्मीमा विशाकाको प्रवेश हुँदा गोलरक्षकको रुपमा अञ्जना राना मगर र लिला लाम्गादे थिए । पछि लिलाले फुटबल छाडेपछि दोश्रो रोजाईमा विशाकाले अवसर पाइन् । विशाकाको सुरुवाती लक्ष्य गोलरक्षक हुने थिएन् । शारिरिक बनावटले साथ दिएको कारण उनी डिफेन्स खेल्न मनपराउँथिन् । गाउँघरमा हुने प्रतियोगितामा उनको पोजिसन डिफेन्स हुन्थ्यो । एन्जिलाले फुटबलबाट आफ्नो लक्ष्य हासिल गरेका कारण विशाकालाई समाज र परिवारबाट पनि खेलकुदमा साथ थियो ।

गोलरक्षक बनेको कथा विशाका यसरी सुनाउँछिन्, ‘ पहिला डिफेन्स खेल्थे दिदिहरुले गोलकिपर खेल तेरो ज्यान पनि छ हाइट पनि छ भन्नुहून्थ्यो । त पनि जानुपर्छ इलाम देखि राम्रो खेलाडी बन्नुपर्छ भन्नुहुन्थ्यो त्यसपछि नै गोल पोष्ट सम्हाल्न थालेको हुँ ।’ फुटबलमा पराजय भएपछि अधिकाँश गोलरक्षकको गल्ती औल्याइन्छ । तर विशाकालाई आफु गोलरक्षक भएकोमा गर्व लाग्छ । उनी टिमको सवैभन्दा बलियो पक्ष गोलरक्षक रहेको बताउँछिन् ।

No description available.

इन्जुरी छोटिएको फुटबल करियर

फुटबलमा आफुलाई प्रमाणित गर्ने अवसरको नजिक रहँदा एक्कासी उनी फुटबलबाट पलायन भइन् । घुँडाको इन्जुरीका कारण विशाकाले फुटबल छाड्न बाध्य भइन् । लामो समय इन्जुरीबाट गुज्रिएकी उनले पुनः कम्ब्याक गर्न प्रयास नगरेकी हैन् तर बारम्बार समस्या देखिएपछि फुटबल छाड्नुपरेको उनी सुनाउँछिन्, ‘ फुटबल नेपालमै चलेको छ त्यो खेलबाट टाढा हुँदा दुःख त लागेको नै छ । फुटबलमा बारम्बार इन्जुरीका कारण पहिला जस्तो खेल्न सकिन् घुँडाको इन्जुरी पटक पटक देखियो । रिकभरीपछि फुटबलमा कम्ब्याक गर्न खोजे तर सफल हुन सकिन् ।’

No description available.

राष्ट्रिय टिममा खेल्ने सपनाको सारथी रग्बी

विशाका फुटबल छाडेर दोश्रो इनिङको रुपमा रग्बी रोज्न पाउँदा खुशी नै देखिन्छिन् । ‘फुटबलबा टाढा भए तर खेलकुदबाट त भएकी छैन् रग्बीबाट मेरो सपना पूरा गर्दैछु,’ उनले सुनाईन् ।

विशाकाले रग्बी खेल्न थालेको मुस्किलले ८ महिना मात्र हुँदैछ । छोटो समयमा नै उनले राष्ट्रिय टोलीमा स्थान बनाइन् । खेल्न सुरु गरेको ३ महिना नहुँदै नेपाल रग्बीले विशाकालाई राष्ट्रिय टोली स्थान दिएको छ । एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन् गत साउनमा एलिसा थापा नेतृत्वको टोलीमा विशाकाले समेत अवसर पाइन् । इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगितामा नेपाल जित बिहिन रहँदै फर्कियो तर विशाकाको सपना भने पूरा भयो । फुटबलमा आउँदै गर्दा विशाकाको सपना थियो राष्ट्रिय टोलीको जर्सी लगाउने । साथीभाईहरुको जर्सी त लगाइन् तर त्यसमा उनको आफ्नो नाम थिएन् । अहिले रग्बीबाट उनले आफ्नै नामको राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर इन्डोनेसियामा पाइन् । टोलीमा उनलाई विङ्गरको जिम्मा दिइएको थियो । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा विशाकासम्मलित आर्मी टिमले स्वर्ण पदक जितेको थियो ।  

No description available.

नेपाली राष्ट्रिय रग्बी टोलीका सदस्य सन्जय अधिकारीको प्रेरणाबाट रग्बी प्रति आर्कषित भएको विशाका सुनाउँछिन । 'फुटबल खेल्न नसक्ने भएपछि दाई (सन्जय अधिकारी) ले रग्बीमा राम्रो छ । नयाँ खेल हो विभागीय टोलीमा समेत आइसकेको छैन् पछि नेपालमा पनि राम्रो होला । नेशनल प्लेयर चाडो भइन्छ खेल भनेपछि म रग्बी खेल्न आर्कषित भएको हुँ,’ उनले भनिन्, ‘उहाँ पनि राष्टिय खेलाडी हुनुहून्छ । फुटबल खेलाडीलाई रग्बी खेल्न पनि सहज हुन्छ भनेर भन्नुहुन्थ्यो । उहाँले नै खेलको बारेमा सिकाउनुभयो अहिले एकदम सहज भएको छ ।’

विशाका खेलकुद क्षेत्रमा सवैभन्दा खुशीको क्षण रग्बीबाट र दुःखको क्षण फुटबलबाट पाएको सुनाउँछिन् । ‘राष्ट्रिय टोलीबाट खेल्ने इच्छा थियो रग्बी खेलबाट प्राप्त गरे । दुःखको क्षण भन्दा फुटबलले नेम र फेम दियो अहिले त्यही खेल छाड्नुपर्दा अलि नरमाइलो लाग्यो ।’

नेपाली खेलकुद विकासमा विभाग आवश्यक

विशाका नेपाली खेलकुद विकासमा विभागीय टोलीको योगदान महत्वपूर्ण रहेको बताइन् । उनको बुझाईमा विभागले खेलाडीहरुलाई अनुबन्धन गरिदिएको कारण खेलाडी पलायन कम भएको छ ।

No description available.

‘विभागीय टोलीहरुले खेलाडीलाई क्लबमा अनुबन्धन गरेको कारण खेल्ने अवसर पाउनुका साथै जागिर समेत पाएको छौ । यसले केही हदसम्म खेल क्षेत्र छाडेर जाने क्रम रोकेको छ,’ उनले भनिन्, ‘ खेलेर पनि बाँच्न सकिन्छ भन्ने आधार मेरो लागि आर्मीले तयार गरिदिएको छ ।’

खेल क्षेत्रमा सरकारको लगानी बढाउन सके नेपालको खेलकुद क्षेत्रले प्रगती गर्ने उनको बुझाई छ ।

Loading ad...
LiNing Ad
फुटबल छाडेर विशाकाको रग्बी उडान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने