सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनाङको उडान कायम, मछिन्द्रलाई गोलको खडेरी

शुक्रबार, २१ मंसिर २०७५खेलपाटी संवाददाता
मनाङको उडान कायम, मछिन्द्रलाई गोलको खडेरी
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको छैटौं चरणका खेल बिहिबारबाट सकिएको छ । छैटौं चरणको अन्तिम दिन बिहिबार दुई खेल बराबरीमा सकिएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसंग गोलरहित बराबरी खेल्यो । दोस्रो खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज पनि गोलरहित बराबरीमा रोकिएको थियो ।

सातौं चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । हल्चोकस्थित एपीएफ मैदानमा शनिबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र  हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा संकटा क्लबले न्युरोड टिम एनआरटीको सामना गर्नेछ ।

जारी 'ए' डिभिजन लिगको छैटौं चरणको खेल समाप्तिमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिशत जितलाई कायम राखेको छ ।  उपाधि होडलाई बलियो बनाउदै लगेको मनाङले ६ खेलबाट १८ अंक जोडेको छ ।

लिग लिडर मनाङले दोस्रो स्थानको रुस्लान थ्री स्टारलाई ३ अंकले पछि बनाएको छ । एक खेल गुमाएको थ्री स्टारले १५ अंक जोडेको छ । यस्तै १५ अंक जोडेर सिएमजी संकटा तेस्रो स्थानमा छ । जारी लिगमा संकटाले पनि एक खेल गुमाएको छ ।

लिगमा अपराजित रहेको आर्मीले बिहिबार बराबरी खेलेपछि उपाधि होडमा मनाङलाई दबाब दिन सकेन । फ्रेन्ड्ससंगको अप्रत्याशित बराबरीले आर्मीले अंक तालिकामा सुधार गर्न सकेन । फ्रेन्ड्ससंगको बराबरीले आर्मी १४ अंक जोडेर चौथो स्थानमा छ ।

लिगको छैटौं चरणका खेल सकिदासम्म मछिन्द्र क्लबले गोलको खाता खोल्न सकेको छैन् । जारी लिगमा गोल गर्न नसक्ने एक्लो टोली हो मछिन्द्र । छैटौं चरणको खेल सकिदा मछिन्द्रले गोल गर्न नसकेपनि लिगमा १ सय १ गोल पुरा भईसकेको छ ।

लिगको ६ खेल खेलमा मछिन्द्रले तीन खेल गोलरहित बराबरीमा खेलेको छ । तीन खेलमा भने पराजय व्यहोरेको छ । जसमा मछिन्द्रले ७ गोल खाएको छ ।

लिगमा खराब प्रदर्शन गरेपछि मछिन्द्रले मुख्य प्रशिक्षक पनि परिवर्तन गरेको छ । पहिलो तीन खेलमा धनेश्वर प्रजापतिले हेरेको मछिन्द्रलाई अहिले निशान श्रेष्ठले हेरिरहेका छन् ।

प्रशिक्षक निशानले मछिन्द्रको चुनौतीको रुपमा गोल गर्न नसक्नु बताईसकेका छन् । 'हामीले हालसम्म गोल गर्न सकेका छैनौं । हाम्रो मुख्य लक्ष्य गोल गर्नु रहेको छ,' निशानले भने  ।

छैटौं चरणको खेल सकिदा बलिया टोलीले नै जित निकाल्न संघर्ष गर्नु परिरहेको छ । उपाधि दाबेदार मनाङ र थ्री स्टारले जावलाखेल र सरस्वतीविरुद्ध जित निकाल्न संघर्ष गर्नु परेको थियो । जावलाखेलविरुद्ध मनाङले १–० को संघर्षपूर्ण जित निकाल्दा थ्री स्टारले सरस्वतीविरुद्ध २–१ को जित निकालेको थियो ।

छैटौं चरणमा विभागीय टोली एपीएफले दोस्रो जित निकाल्यो । एपीएफले एनआरटीलाई २–१ ले हराएको थियो । च्यासल युथ क्लबले दोस्रो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई २ –१ ले नै हरायो ।

संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले नै हरायो । जितसंगै संकटाले लिगको तेस्रो स्थानमा आफुलाई सुरक्षित राख्न सफल भयो ।

लिगको छैटौं चरण सकिदा तीन खेलमा जित एक बराबरी र दुई हार व्यहोरेको नेपाल पुलिस र हिमालय शेर्पा क्रमशः पाँचौ र छैटौं स्थानमा रहेका छन् । च्यासल र एपिएफ ७ अंकका साथ सातौं र आठौं स्थानमा छन् ।

यस्तै सरस्वती ६ अंक जोडेर नवौं,  ५ अंक जोडेर फ्रेन्ड्स दशौं, ४ अंक जोडेर जावलाखेल ११ औं स्थानमा छन् । ब्रिगेड ब्वाइज ४ अंक जोडेर १२ औं स्थानमा रहदा ३ अंक जोडेको मछिन्द्र १३ औं स्थानमा छ । मात्र १ अंक जोडेको एनआरटी लिगको पुछारमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन