बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

हेटौंडामा नोभिस बक्सिङ सुरु

मंगलबार, ३० फाल्गुण २०७९खेलपाटी संवाददाता
हेटौंडामा नोभिस बक्सिङ सुरु
Loading ad...
mustang rice ad

काठमाडौं ।  हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ ।

हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा खेलाडीहरुको तर्फबाट मकवानपुरका सोहन राई र निर्णायकहरुको तर्फबाट इन्द्र बहादुर श्रेष्ठले सपथ लिएका थिए । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मकवानपुरका तीन जना पुरुष र एक जना महिला खेलाडी सहभागी छन् । पुरुषतर्फ ४८, ५७ र ६३ केजी तौल समुहमा र महिलातर्फ ५० केजी तौल समुहमा मकवानपुरका खेलाडी सहभागी छन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत्र ४ गतेसम्म चल्नेछ ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले खेलले राष्ट्रलाई चिनाउने र व्यक्ति स्वच्छ बनाउने बताईन् । बागमती प्रदेश सरकारले खेल क्षेत्रमा सहयोग गरिरहेको उनले  बताईन् ।

यस्तै जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशीले नयाँ पुस्ताका युवाहरुलाई बक्सिङतर्फ अगाडि बढाउने प्रयासले प्रतियोगिता आयोजना गरेको बताए ।  

प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरी बहादुर महत, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी लगायतको आतिथ्य रहेको थियो ।

Loading ad...
LiNing Ad
हेटौंडामा नोभिस बक्सिङ सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य