सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुक्रको अग्रता कायमै

बिहिबार, ०२ चैत्र २०७९खेलपाटी संवाददाता
शुक्रको अग्रता कायमै
Loading ad...
mustang rice ad

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई शीर्ष स्थानमा कायमै रहन सफल भएका छन्।

३-अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ उनी शीर्ष स्थानमा रहन सफल भएका हुन् । उनले दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै उपाधि रक्षा गर्ने सम्भावनालाई समेत बलियो बनाएका छन्।

इभन-पार ७२ सहित समग्रमा १५-अन्डर २ सय १ सहित भुवन दोस्रो तथा युवा एमेच्योर खेलाडी सदभाव आचार्यले ८-अन्डर ६४ को उत्कृष्ट स्कोरमा समग्रमा ११ अन्डर २ सय ५ को स्कोरमा तेस्रो स्थानमा छन्। नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ ६-अन्डर ६६ खेल्दै समग्रमा ७-अन्डर २ सय ९ मा चौथो स्थानमा छन्।‌

यसैगरी जयराम श्रेष्ठले ३-अन्डर ६९ मा दिनको खेल सकाउँदै समग्रमा ४-अन्डर २ सय १२ को नतिजामा पाँचौ स्थानमा रहे। ३-अन्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १-अन्डर २ सय १५ मा छैटौं स्थानमा छ्न्।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा समग्रमा इभन-पार २ सय १६ को स्कोरमा सञ्जय लामा र निरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे। टंक बहादुर कार्की समग्रमा २-ओभर २ सय १८ सहित नवौं स्थानमा र कूल ४-ओभर २ सय २० सहित दिनेश प्रजापति क्रमश नवौं र दशौं स्थानमा छन्। दुवैले आज इभन-पार ७२ मा खेल सकाए।

अघिल्लो दिन ११-अन्डर ६१ को नयाँ कोर्ष रेकर्ड कायम गरेका शुक्रले आज फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा बोगी खेपे पनि १०औं र १२औं होलमा एक-एक सट बचाउदै ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। पहिलो दिन ७-अन्डर, दोस्रो दिन ११-अन्डर र तेस्रो दिन ३-अन्डरको लोभलाग्दो नतिजामा शुक्रले उपाधि रक्षा गर्ने सम्भावनालाई बलियो बनाए। अन्तिम १८ होलको खेल बाकी छदा उनले ६ स्ट्रोकको स्पष्ट अग्रता बनाइसकेका छन्।

पहिलो र दोस्रो दिन अन्डर-पार खेलेका भुवनले आज फ्रन्ट र ब्याक नाइन दुबैमा इभन-पार ३६ खेले। तेस्रो होलमा एक सट बचाए पनि चार-पारको चौंथो होलमा डबल बोगी खेपे। सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईन सकाए। यसपछि १०औं र १४ औं होलमा बोगीको सामना गरे भने ११औं र १७औं होलमा बर्डी खेले।

राष्ट्रिय टिमका सदस्य युवा गल्फर सदभाव आचार्यले ८-अन्डर ६४ को दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा ४-अन्डर ३२ खेले। उनले तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। बोगी रहित खेल्ने क्रममा सदभावले ब्याक नाइन पनि ४-अन्डर ३२ मा नै सकाए। उनले १०औं देखि १२औं होलसम्म लगातार तीन र १७ औं होलमा एक बर्डी प्रहार गरे। ८-अन्डरको स्कोर सदभावको करियरकै उत्कृष्ट प्रदर्शन हो।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले पनि बोगी रहित ६-अन्डरको कार्ड बनाउने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन समान ३-अन्डर ३३ मा पुरा गरे। उनले तेस्रो छैटौ, सातौ, १२औं, १३औं र १४औं होलमा एक-एक सट बचाए।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।  

Loading ad...
LiNing Ad
शुक्रको अग्रता कायमै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर