विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
शुक्रबार, १० चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय बक्सिङ संघको आयोजनामा भारतको रोतक शहर हरियानामा हुने बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली युवा बक्सिङ टोली भारत प्रस्थान गरेका छन् ।
बक्सिङ प्रशिक्षण शिविर यहिँ मार्च २५ देखि अप्रिल ६ तारिखसम्म हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार वान्ग्दी छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, रोशन ठाकुरलाई बिदाइ गरे ।
बिदाइमा बोल्दै सदस्य सचिव घिसिङले युवा खेलाडीहरु यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेको र आफुमा अझ बढि जोशजागर पैदा हुने बताए ।
सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरुको लागि तयार पारिएको उक्त विशेष बक्सिङ प्रशिक्षणमा नेपाल लगायत अन्य थुप्रै राष्ट्रहरुको सहभागीता रहने छ ।
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)