उसु खेलाडी निताप्रति श्रद्धाञ्जली
काठमाडौं । उसु खेलाडी निता खड्काको निधनमा नेपाल उसु महासंघले सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, उसु महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक लगायतले स्वर्गिय निताको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
निताको पुस १३ गते हेटौंडामा भएको प्रथम अन्तरप्रदेश उसु प्रतियोगितामा सहभागी भएर घर धनगढी फर्कने क्रममा सडक दुर्घटनामा परी निधन भएको थियो ।
पुस ११ देखि १२ गतेसम्म भएको प्रतियोगितामा निताले सान्सौंको महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् ।
नितालाई श्रद्धाञ्जली दिन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले समेत धनगढी रंगशालामा श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरेको थियो ।
सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्ले मृतक निताको परिवारलाई उचित क्षतिपूर्ति र घाईतको उपचारको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)

-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


