मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता
आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा
Loading ad...
mustang rice ad

भद्रपुर। रश्मिकुमारी घिसिङको ४ गोलसँगै अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपीएफ फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। एपीएफले क्वार्टरफाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो हाफ १–० को अन्तर बनाएको एपीएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो। पहिलो हाफको २८औं मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।

दोस्रो हाफको ४१औं मिनेटमा घिसिङले नै अर्को गोल थपिन्। विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन्। खेलको ४२औं मिनेटमा एपीएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो। रश्मिकुमारी घिसिङको पासमा नगरकोटीले सुन्दर गोल गरिन्।

खेलको ५२औं मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन्। उनले गरेको कडा प्रहारले पदमा स्पोर्टस् क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो। खेलको ५४औं मिनेटमा अनिता केसीले अर्को गोल थपिन्।

पदमा स्पोर्टस्की डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो। ५६औं मिनेटमा रश्मिले अर्को गोल थपिन्। डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन्।

IMG_8065

पदमा स्पोर्टस्ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन। खेलको ५४औं मिनेटमा पदमाकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपीएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन्।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफकी रश्मिकुमारी घिसिङ भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु