प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

काठमाडौं। फ्रेन्ड्स क्लबले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलाई सम्मान गरेको छ। फ्रेन्ड्सले कुपन्डोलस्थित क्लब भवनमा कार्यक्रम आयोजना गर्दै उनलाई सम्मान गरेको हो।
उपत्यकाको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रे्न्ड्सका समर्थक कुमार बेनको रूपमा चर्चित व्यञ्जनकार बालेन (बालेन्द्र शाह) को काठमाडौं महानगरपालिको मेयरदेखि देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीसम्मको यात्राका मुख्य सहयोगी हुन्।
उनले झन्डै दुई दशकअघि फ्रेन्ड्स क्लबको वेबसाइट र फ्यान पेज सञ्चालनमा ल्याएका थिए। कुमार बेन बुबा नरसिंह व्यञ्जनकार ५३ वर्षअघि फ्रेन्ड्स क्लब स्थापना गर्ने मध्येका एक हुन्। बालेनका राजनीतिक गुरुका रूपमा पनि चिनिएका नरसिंह ललितपुर महानगरपालिका–१० मा दसपल्ट वडाध्यक्ष निर्वाचित भएका थिए।
कार्यक्रममा फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, पूर्वाध्यक्षहरू महेश विष्ट, सुशील ढुङ्गेल, दीपक थापा, अर्जुन विष्ट र ललितपुर महानगरपालिका १० का वडाध्यक्ष एवम् पूर्वराष्ट्रिय खेलाडी (फुटबलर) रविन व्यञ्जनकारसहित क्लबका सदस्य, खेलाडी तथा समर्थकको उपस्थिति रहेको थियो।





-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)







