अपराजित रहने एक्लो टोली गण्डकी
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। गण्डकी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा अपराजित यात्रा कायमै राखेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१७ ले जितेको गण्डकीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट २५-२० र २५-२१ ले जित्दै गण्डकीले अपराजित यात्रालाई ६ खेलसम्म लब्यायो। जारी प्रतियोगितामा गण्डकी अपराजित रहने एक्लो टोली हो।






-1773230362276.jpg&w=3840&q=75)





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


