पुरुष टोली काभा बिच भलिबलको फाइनलमा
शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली पुरुष टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार बिहान भएको सेमिफाइनलमा माल्दिभ्सलाई २-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पहिलो सेट २१-१० ले जितेको थियो। अर्को सेट २१-१६ ले आफ्नो पक्षमा पार्यो।






-1773230362276.jpg&w=3840&q=75)


-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)





