बिच भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित
शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा माल्दिभ्स ए सँग नेपाल २-० को सोझो सेटमा पराजित हुँदै उपविजेतामा खुम्चिएको हो।
माल्दिभ्स ए ले का मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१-१९, २१-१७ ले पराजित गर्यो। मानबहादुर र दिलबहादुरको जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत जितेको थियो।






-1773230362276.jpg&w=3840&q=75)


-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)





