आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नयाँ कीर्तिमानका साथ पाकिस्तानका नदीमले जिते ज्याभलिन थ्रोमा स्वर्ण

शुक्रबार, २५ श्रावण २०८१खेलपाटी संवाददाता
नयाँ कीर्तिमानका साथ पाकिस्तानका नदीमले जिते ज्याभलिन थ्रोमा स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। पाकिस्तानका अरशद नदीमले नयाँ कीर्तिमानका साथ पेरिस ओलम्पिक २०२४ अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन्। सन् १९९२ को बार्सिलोना ओलम्पिकपछि पाकिस्तानको यो पहिलो पदक हो।

नदीमले ९२.९७ मिटरको दोस्रो थ्रो गर्दै ओलम्पिकमा नयाँ कीर्तिमान बनाएका छन्। उनले छैटौं तथा अन्तिम थ्रो ९१.७९ मिटर गरेका थिए। यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टिले ९०.५७ मिटर थ्रो गरेका थिए। 

डिफेन्डिङ च्याम्पियन नीरज चोपडाले रजत पदक जिते। लगातार ओलम्पिकमा पदक जित्ने उनी पहिलो भारतीय ट्रयाक एन्ड फिल्ड खेलाडी बनेका छन्। 

यसअघि कुस्ती खेलाडी सुशील कुमार (२००८ र २०१२) र ब्याडमिन्टन खेलाडी पीभी सिन्धु (२०१६ र २०२१) ले यो उपलब्धि हासिल गरिसकेका छन्।

२६ वर्षीय नीरजको दोस्रो थ्रो ८९.४५ मिटर थियो। उनको एक मात्र वैध थ्रो थियो, जुन उनको सिजनको सर्वश्रेष्ठ थ्रो थियो। यसबाहेक उनले गरेका पाँचवटै प्रयास फाउल साबित भएका थिए। उनले टोकियोमा ८७.५८ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका थिए।

सुरुका १० खेलमा नीरजले जहिले पनि नदीमलाई हराएका थिए। नादिमले हाङझोउ एसियाली खेलकुदमा नीरजसँग प्रतिस्पर्धा गर्ने तय भएको थियो। तर, अन्तिम समयमा चोटका कारण उनी पछि हटेका थिए। नीरजले सन् २०१८ को एसियन गेम्स र कमनवेल्थ गेम्समा उनलाई हराएका थिए।

नीरजको अन्तिम प्रयास असफल भएपछि नदीमले घुँडा टेकेर भुइँमा चुम्बन गरेका थिए। टोकियोमा पाँचौं स्थानमा रहेका पाकिस्तानी खेलाडीले गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए। ग्रेनाडाका एन्डरसन पिटर्स ८८.५४ मिटर थ्रो गर्दै तेस्रो भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल