शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।
नेपाल रग्बी संघको आयोजनामा हुने प्रतियोगिता शनिबार र आइतबार हुने भएको हो। प्रतियोगितामा ७ वटै प्रदेशहरू (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदुरपश्चिम) र २ विभागीय टोली सहभागी हुनेछन्।
सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने महासचिव गोविन्द घिमिरेले जानकारी दिए। यस प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ । साथै ७ वटा महिला तथा पुरुष टिमलाई २/२ पोलमा विभाजन गरिनेछ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष रग्बी टोलीलाई समान ५० हजार रुपैयाँ पाउने छन्। उपविजेता महिला तथा पुरुष टिमले समान ३० हजार रुपैयाँमा चित्त बुझाउने छन्। प्रतियोगिताको उत्कृष्ट १/१ जना महिला तथा पुरुष रग्बी खेलाडीलाई ५ हजार रुपैयाँ पाउने छन्।
नेपाल रग्बी संघले यस वर्ष सहभागी जनाउने अन्तराष्ट्रिय रग्बी प्रतियोगिताहरु (२०औं एसियाली खेलकुद प्रतियोगिता २०२६, जापान र एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२६, ताइवान) मा नेपालको राष्ट्रिय महिला तथा पुरुष टोलीको खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गरिनेछ।









-1775788668970.webp&w=3840&q=75)




