आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिममा पहिलो पटक अटोक्रस र अटोर्याली हुने 

बुधबार, २४ पौष २०८१खेलपाटी संवाददाता
सुदूरपश्चिममा पहिलो पटक अटोक्रस र अटोर्याली हुने 
Classic Tech Internet Ad

काठमाडौं । सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्याली र अटोक्रस हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन १६ र १७ मा सो कार्यक्रम हुने जानकारी गराईएको हो । 

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रील, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्ट्सलाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताए ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटर स्पोर्ट्सले सुदूरपश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए । 

धनगढीबाट शुरू गरिने अटोर्यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिएएसडी फर्म्याटको र्यालीमा सहभागी हुनेछन् ।

प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरि २ जनाको टीम रहने र टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ । जसमा विजेताले क्रमश ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार चादनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटोर्यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् ।

संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट प्रदान गरिने बताईएको छ । इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिम प्राप्त मार्शलको व्यवस्था गरिएको अयोजकल जनाएको छ ।

जुनसुकै क्षमता र डिजाईनका नीजि कार र जीप अटोर्यालीमा समावेश हुन पाउनेछन् भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा कार्यक्रम संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।

सुदूरपश्चिम खेलकुद परिषदको मुख्य सहयोग रहेको सो कार्यक्रममा पर्शुराम भान नगरपालिक, स्थानीय उद्योग वाणिज्य संघहरु, अटोमोवाइल व्यवसायी संघ, संस्थाको सहयोग हुनेछ । पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले सम्बोधन गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन