मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

आइतबार, १३ माघ २०८१खेलपाटी संवाददाता
दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता
Loading ad...
mustang rice ad

काठमाडौं। दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ। ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो।

च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएको संघले जनाएको छ। च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइनेछ। 

ई– फुटबलमा दुई हजार पाँच सय १९ जनाले नाम दर्ता गराएका छन्। यसै गरी पब्जी मोबाइलमा एक हजार ३९ टिम, मोबाइल लिजेन्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन्। कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ। 

नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताए। त्यसमा टिमको रूपमा गणना गर्दा भने चार हजारभन्दा बढी टिम हुनेछ। 

च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म (जनवरी २७–३१) सम्म हुनेछ। यसै गरी समूह चरण र प्लेअफका खेलहरू माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २–१४) सम्म हुनेछ। क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रूपमा (ल्यान इभेन्ट) हुनेछ। 

च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ। अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। पब्जीमा हरेक टिममा चार जना मुख्य खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन्। 

यसै गरी मोबाइल लिजेन्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन्। यसमा हरेक टिममा पाँच जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन्। ई–फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसै गरी डोटा टु र भ्यालोरेन्टमा चार–चार टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन। उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन्।

च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ। जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ। हरेक इभेन्टको पुरस्कार राशि फरक हुनेछ। जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशि राखिएको छ। जसमा विजेताले नगद दुई लाख ५० हजार पाउनेछन्। यस्तै दोस्रोले एक लाख ८० हजार तथा तेस्रोले एक लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन्। यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन्। 

यस्तै मोबाइल लिजेन्ड्समा पाँच लाख २० हजार पुरस्कार राशि रहेको छ। जसमा विजेताले एक लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले एक लाख चार हजार पाउनेछन्। यसमा शीर्ष आठमा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन्। 

भ्यालोरेन्टमा तीन लाख, ई–फुटबलमा दुई लाख १० हजार, डोटा टु मा दुई लाख र कस प्लेमा एक लाख ५० हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ। भ्यालोरेन्ट र डोटा टु को विजेताले समान एक लाख पाँच हजार हात पार्नेछन् भने ई–फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष आठमा रहनेले नगद पुरस्कार पाउनेछन् भने ई–फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन्। मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन्। 

पछिल्लो समय नेपालमा ई–स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनसिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अञ्जन धमलाले बताए। अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलालले जानकारी दिए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते