मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनल पुग्न जनकपुर र विराटनगर भिड्दै

सोमबार, १४ माघ २०८१खेलपाटी संवाददाता
फाइनल पुग्न जनकपुर र विराटनगर भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं। जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गर्दै राउन्ड रोबिन लिगमा शीर्ष स्थान कब्जा गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्ष स्थान कब्जा गरेको हो। यससँगै जनकपुरले एनकेएलको क्वालिफाइर १ खेल्ने पनि निश्चित गरेको छ।

लिगका शीर्ष दुई टिमले क्वाफिाइर १ खेल्नेछन्। त्यसअनुसार जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरवीच क्वालिफाइर १ को प्रतिस्पर्धा सोमबार हुनेछ। क्वालिफाइर १ को विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले फेरि मौका पाउनेछ।

काठमाडौं र धनगढीले सोमबार इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटरको विजेता र क्वालिफाइर १ मा पराजित टिमवीच क्वालिफाइर २ मा खेल हुनेछ, जसको विजेताले क्वालिफाइर १ को विजेताविरुद्ध एनकेएलको फाइनल खेल्नेछ। फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल माघ १८ गते हुनेछ।

मुख्य प्रशिक्षक पार्वती राईले सम्हालेको जनकपुरले राउन्ड रोबिन लिगमा हिमालयन रेइडर्सलाई ३५–२४, धनगढी वाइल्डक्याट्सलाई ३७–३१, विराटनगर ब्यान्डिट्सलाई ४०–३८ र पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गरेको थियो भने अन्तिम खेलमा घनश्याम रोका मगरको कप्तानीमा रहेको काठमाडौं माभरिक्सविरुद्ध ३९–३९ को रोमान्चक बराबरी खेल्दै अंक बाँडेको थियो।

६ सहरका ६ टिम सहभागी एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउँदा पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलमा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ। जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते