मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

घनश्यामलाई रोक्दै फाइनल पुग्ने विराटनगरको लक्ष्य

बुधबार, १६ माघ २०८१खेलपाटी संवाददाता
घनश्यामलाई रोक्दै फाइनल पुग्ने विराटनगरको लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरको दोस्रो हाफमा जसरी सम्पूर्ण शक्ति लगाएको थियो, त्यसैले फाइनलको हकदार बनिसकेको थियो।

तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जनकपुर नाइट्ससँग भएको उक्त भेटमा पहिलो हाफमा ११ अंकले पछि पर्नु नै विराटनगरका लागि दुर्भाग्य साबित भयो।

यद्यपि, उक्त खेलमा बलियो पुनरागमन गर्दै दुई अंकको झिनो हार बेहोरेको विराटनगरले आफूलाई फाइनलको हकदार मान्न छाडेको छ। कप्तान कल्याण भुजेल भन्छन्, ‘हाम्रो लक्ष्य भनेको फाइनल खेल्ने हो। यसका लागि बलियो योजना बनाइसकेका छौं।’

विराटनगरले फाइनल प्रवेश गर्न बुधबार यही कोर्टमा हुने दोस्रो क्वालिफायरमा काठमान्डु माभरिक्सलाई पाखा लगाउनुपर्ने हुन्छ। यो खेल बेलुका ६:३० बजे हुनेछ। काठमान्डुलाई हराए विराटनगरले पुन: उपाधिका लागि जनकपुरसँगको भेट नै पक्का गर्नेछ। जुन सहज नभएको कल्याण आफैं स्वीकार्छन्।

‘काठमान्डुको डिफेन्स एकदमै कमजोर छ। तर, रेइडर घनश्याम (रोक्कामगर) एकदमै बलिया छन्। उनलाई रोक्न सक्यौं भने जित्छौं भन्ने आत्मविश्वास छ,’ उनले सुनाए।

यता, काठमान्डुले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सलाई ५०–४५ ले पराजित गर्दै विराटनगरसँगको भेट पक्का गरेको हो। कुनै समय धनगढीसँग पछि परिसकेको स्थितिमा कप्तान घनश्यामको उत्कृष्ट प्रदर्शनसँगै काठमान्डुले खेलमा पुनरागमन गरेको थियो।

नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तानसमेत रहेका घनश्यामसँग दुई सिजन भारतको प्रो कबड्डी लिग खेलेको अनुभव छ। उनले त्यही अनुभवको सदुपयोग गर्दै काठमान्डुलाई एकपछि अर्को गर्दै सफलता दिलाइरहेका छन्। हुन त लिगचरणको खेलमा पनि विराटनगरले उनै घनश्यामलाई रोक्दै ४४–४३ को रोमाञ्चक जित हासिल गरेको थियो।

यसपल्ट भने चुक नगर्ने काठमान्डुका प्रशिक्षक सरोज सिंह बताउँछन्। ‘विराटनगरको डिफेन्स राम्रो छ। तर, हामी अट्याकिङ मात्रै गर्दैनौं डिफेन्स पनि गर्छौं,’ उनी भन्छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते