मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

कसले जित्ला नेपाल कबड्डी लिग ?

बिहिबार, १७ माघ २०८१खेलपाटी संवाददाता
कसले जित्ला नेपाल कबड्डी लिग  ?
Loading ad...
mustang rice ad

काठमाडौं। फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमान्डु माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन्।

जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ। उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो। त्यसपछि क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जनकपुर आकर्षक ट्रफी कब्जा गर्दै जनकपुरधाम लग्ने योजनामा छ।

तर, त्यति सजिलै जनकपुरलाई फाइनल जित्न दिने छैन काठमान्डुले। यो टिम तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो। त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइर २ मा विराटनगरलाई पन्छाउँदै फाइनलमा उभिएको हो। यसवीच काठमान्डुको प्रदर्शन सुधारिँदै गएको छ भने विपक्षी टिम फिक्का भइरहेका छन्।

भारतको प्रो कबड्डी लिग (पिकेएल) च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै भाग्यको साथले फाइनल पुगेको काठमान्डु आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ। घनश्यामलाई रोक्न सके जनकपुर च्याम्पियन बन्ने प्रबल सम्भावना छ। अर्कोतिर, थाइल्यान्डका चाहपोन कामुनीलाई आक्रमणलाई निस्तेज पार्नसके काठमान्डु च्याम्पियन बन्न सक्छ।

यी दुई टिमबिच लिगमा पनि प्रतिस्पर्धा भएको थियो, जहाँ नतिजाले दुवै टिमलाई जित्न दिएन, हार्‍यो भन्न पनि मिलेन। मतलब स्कोर ३९–३९ को बराबरीमै खेल सकियो। यो एनकेएलमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल पनि हो त्यो। त्यसैले काठमान्डुलाई हराउने अभियानलाई फाइनलमा पूर्णता दिएर जनकपुर एनकेएलको उपाधि जित्न आतुर छ।

जनकपुरको लक्ष्य पनि प्रस्टै छ, जनकपुर बोल्ट्सले गत महिना नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेर मनाएको उत्सवलाई कबड्डीमा रूपान्तरण गर्ने।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमान्डुका कप्तान घनश्याम रोका मगरले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो। तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहान्छौं।’ हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन्। काठमान्डुका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए।

जनकपुरका प्रशिक्षक पार्वती राईले ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं। अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो।

जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए। फाइनल दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार साँझ ६: ३० बजे सुरु हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते