आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइलनमा
पोखरा। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो। तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो। पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो। पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछन्।
तेस्रो खेल पुरुषतर्फको इलिमिनेटर हुनेछ। इलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन्। एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ।






-1773230362276.jpg&w=3840&q=75)



-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
