मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जीवनरामको ओलम्पिकलाई सरकारको प्रतिबन्ध !

शुक्रबार, १८ माघ २०८१खेलपाटी संवाददाता
जीवनरामको ओलम्पिकलाई सरकारको प्रतिबन्ध !
Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी एनओसीमाथि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । 

अदालतको आदेश, सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर एकलौटी निर्वाचन गराएर आफुलाई अध्यक्षमा घोषणा गरेका जीवनराम श्रेष्ठ समूहलाई सरकारले ओलम्पिक गतिविधिमा पूर्णत रोक लगाएको हो । 

श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले शुक्रबार दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद संघसँग छलफल कार्यक्रम राखेको थियो । शुक्रबार बिहानै प्रहरी प्रशासनले प्रवेश निषेध गरेर ओलम्पिक भवनलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

अवैधानिक चुनावबाट आफुलाई अध्यक्षमा घोषणा गरेका जीवनराम श्रेष्ठले संस्थागत गतिविधि अघि बढाउन प्रयास गरेका थिए । तर सरकारले शुक्रबार प्रहरी प्रशासन परिचालन गरेर तत्काललाई जीवनराम श्रेष्ठ समूहको ओलम्पिक गतिविधि रोक्ने कदम अघि बढाएको छ । 

खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को १ सय १९ औं बोर्ड बैठकले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गर्दै आवश्यक कारबाही प्रकृयालाई अघि बढाउने निर्णय गरेको थियो । बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का गर्नेदेखि सरकारी सुविधा रोक्नेसम्मको निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार ओलम्पिक कार्यालय प्रवेशमा रोक लगाउने विषय कार्यान्वनयमा गएको हो । 

खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्ने निर्णय अनुसार शुक्रबार ओलम्पिक भवन प्रवेशमा रोक लगाईएको बताए । सरकारले नेपाल ओलम्पिक कमिटी सहित ओलम्पिक निर्वाचनमा सहभागी खेलकुद संघलाई समेत कारबाही गरेर बैंक खाता रोक्कादेखि विदेश कार्यक्रममा सहभागी हुन नदिनेसम्मको तयारी गरेको छ । ‘बोर्ड बैठकको निर्णय कार्यान्वयनमा गएको हो । अरु विषय विस्तारै कार्यान्वयनमा आउँछ ।’ मन्त्रालयका अधिकारीले भने । 

स्रोतका अनुसार बैठकको निर्णय कार्यान्वनयमा मन्त्रालय आफैले सक्रियता देखाएर गतिविधि अघि बढाएको छ । 

सरकारको कदमपछि नेपाल ओलम्पिक कमिटीले शुक्रबार दिउँसो बिज्ञप्ति निकालेर खेलकुद फेरि एकपल्ट अन्यौलता र अस्थिरतामा प्रवेश गरेको बताएको छ, तर जसको सुरुवात जीवनराम श्रेष्ठ आफैले ओलम्पिक निर्वाचनबाट गरेको सरकारको आरोप छ । 

नियम अनुसार ओलम्पिकबाट बाहिरिनुपर्ने अध्यक्ष जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्न खोजेपछि नेपालको ओलम्पिक विवादको केन्द्रमा तानिएको छ ।

विधान संशोधन र चुनाव रोक्न उच्च अदालत पाटन र सर्वोच्च अदालतको आदेश सहित सरकारको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले अनलाईनबाट जबर्जस्ती चुनाव गरेपछि नेपालको ओलम्पिक अभियानमा गम्भिर धक्का पुगेको छ । 

ओलम्पिकमा टासिरहने जीवनराम श्रेष्ठको पदलोलुपतामाथि प्रश्न गर्दै ७ खेल संघले निर्वाचनलाई बहिष्कार गरेका थिए ।

कार्यसमितिमा निर्विरोध निर्वाचित भनिएका उपाध्यक्षद्धय अनिल शर्मा र प्रकाश शमशेर राणा तथा सदस्य मनिष जोशीले ओलम्पिक बहिष्कार गर्दै नाम फिर्ता लिएका छन् । 


 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते