मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

वकिलसहितको समूह बोकेर जीवनराम चीनमा

शुक्रबार, २५ माघ २०८१खेलपाटी संवाददाता
वकिलसहितको समूह बोकेर जीवनराम चीनमा
Loading ad...
mustang rice ad

काठमाडौं। अवैधानिक निर्वाचनको विषयमा सरकारले कारबाही गर्ने प्रक्रियाअघि बढाएपछि जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय लबिङमा जुटेका छन्।

जबरजस्ती गरिएको निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले मान्यता नदिएपछि उनले अन्तर्राष्ट्रिय लबिङलाई तीव्र बनाएका हुन्। 

अदालतको आदेश अवज्ञा गर्दै, सरकारको निर्देशन बेवास्ता गर्दै र अन्तर्राष्ट्रिय निकायको स्वीकृति बेगर अनलाइनमा कोठे निर्वाचन गराएका जीवनरामले आइओसी र ओसिएका प्रतिनिधि भेट्न चीन पुगेका छन्। 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का कानुनी सल्लाहकारसमेत रहेका लोकभक्त राणा र आफ्नो समूहका महासचिव राजीव श्रेष्ठ सहितको जम्बो टिम लिएर जीवनराम विन्टर ओलम्पिकको मौका पारी चीन पुगेका हुन्। 

उनले एनओसीको वर्तमान अवस्थाको विषयमा लबिङ गर्न आइओसी र ओसिएका प्रतिनिधिसँग समय मागेका छन्। चीनस्थित एक प्रतिनिधिले जनाएअनुसार छलफलका लागि ४० मिनेटको समय जीवनरामको टिमले पाएको छ। 

अदालत, सरकार र अन्तर्राष्ट्रिय निकायलाई गुमराहमा राख्दै निर्वाचन सम्पन्न गराएका जीवनरामले ओलम्पिकको बहिर्गमनबाट आफू जोगिन अन्तर्राष्ट्रिय ढाडस लिन खोजेका छन्। सरकार र अदालतबाट कारबाहीमा पर्ने निश्चित भएका जीवनरामलाई एनओसीमा रहन अन्तर्राष्ट्रिय समर्थक एक मात्र उपाय देखिन्छ। सोहीअनुसार अन्तर्राष्ट्रिय रूपमा आफूलाई मान्यता दिलाउन उनले लबिङलाई तीव्रता दिएका छन्।

ओलम्पिकको विधान संशोधनदेखि र जीवनरामको मुद्दा हेर्दै आएका वरिष्ठ अधिवक्ता राणासहित जीवनराम चीन पुगेका हुन्। अधिवक्ता राणा लेनै ओलम्पिक, संस्थाको विवादित विधान संशोधनदेखि जीवनरामको मुद्दा हेर्दै आएका छन्। 

दुई कार्यकाल अध्यक्षमा पुरा गरेका जीवनरामले विधान अनुसार पदबाट बाहिरिनुको सट्टा जबरजस्ती विधान संशोधन गरेर आफूलाई अध्यक्षमा घोषणा गरेका थिए। विधान संशोधन रोक्न उच्च अदालत पाटनको आदेश, निर्वाचन रोक्न सर्वोच्चको आदेशसहित सरकारको बारम्बारको निर्देशनलाई लत्त्याएका उनले संशोधित विधान आइओसीबाट स्वीकृति नहुँदै चुनावी प्रक्रियालाई अघि बढाएका हुन्। 

जीवनरामको अवैधानिक निर्वाचनलाई आइओसी र ओसिएले अहिलेसम्म मान्यता दिएको छैन। गत सोमबार मात्र ओलम्पिकका सबै सदस्यलाई पत्र लेख्दै आइओसी र ओसिएले अदालती विषयको निर्क्योलपछि मात्र विधान संशोधनदेखि निर्वाचनको विषयमा निर्णय गर्ने बताएको छ। ओलम्पिकको अन्तर्राष्ट्रिय संस्थाहरूले ओलम्पिक चार्टर, सर्वमान्य सिद्धान्त र सुशासनको पक्षबाट वर्तमान समस्याको समाधान खोज्न अपिल गरेको छ।  जुन विषयलाई लत्त्याउँदै जीवनरामले जबरजस्ती एनओसीको विधान संशोधन गर्दै निर्वाचन सम्पन्न गरेका थिए। सो विधान संशोधनलाई समेत आइओसीले मानेको छैन।

अदालत र सरकारको आदेश अवज्ञा गर्ने ओलम्पिक निर्वाचनमा संलग्न खेल संघ र तीनका पदाधिकारीलाई सरकारले राष्ट्रिय खेलकुद विकास ऐन तथा पदको दुरुपयोग गरेको विषयमा भ्रष्टाचारसम्बन्धी आकर्षित हुने कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते