मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप घटनाको ३४ खेल संघद्धारा भर्त्सना

शनिबार, २६ माघ २०८१खेलपाटी संवाददाता
राखेप घटनाको ३४ खेल संघद्धारा भर्त्सना
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको ३४ राष्ट्रिय खेल संघले भर्त्सना गरेका छन्।

शनिबार ३४ खेल संघका अध्यक्ष तथा महासचिवले संयुक्त विज्ञप्ति निकाल्दै राखेपमा सदस्य सचिवको कार्यकक्षमा भएको हुलहुज्जत र तोडफोडको भर्त्सना गरेका हुन्। 

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्दै ३४ खेल संघले घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न अपिल समेत गरेका छन्।

‘सदस्य सचिवको कार्यकक्षमा केही अराजक व्यक्तिहरू प्रवेश गरी अभद्र व्यवहार तथा गालीगलौच गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल सङ्घहरू घोर भर्त्सना गर्दछौं।’ 

शुक्रबार मध्यान्न अवैधानिक रूपमा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका उसुका लाक्पा छिरिङ लामा नेतृत्वको टोलीले राखेप सदस्यसचिवको कार्यकक्षमा पुगेर तोडफोड गर्नुका साथै अभद्र व्यवहार गरेका थिए। 

उसुसहित पाँच खेल संघका पदाधिकारीलाई राखेपले आफ्नो निर्देशनविपरीत राष्ट्रिय खेल संघ/महासंघको नामबाट कानुनमै नभएको पद र जिम्मेवारीलाई आफ्नो भएको झूटा विवरण पेस गरी प्रतिनिधित्व गरेको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको तयारी गरेको छ। 

राखेपले कारबाहीको तयारी गरेपछि उसुका लामा पदाधिकारी र केही खेलाडीको झुन्ड बोकेर सदस्यको कार्यकक्षमा पुगेर तोडफोडदेखि सदस्य सचिवमाथि अभद्र व्यवहार गरेका थिए। 

खेलकुदको कार्यकारी निकायमाथि हुलहुज्जत भएपछि राखेपमा आबद्ध ३४ खेल संघले घटनामाथि रोष प्रकट गर्दै दोषीमाथि कारबाहीको दबाब बढाएका हुन्। 

ओलम्पिकको अवैधानिक निर्वाचनमा सहभागी हुने खेल संघ र पदाधिकारीमाथि कारबाहीको तयारी भएपछि सम्बद्ध खेलका पदाधिकारीले राखेप नेतृत्वलाई तारो बनाएका छन्।

 

Loading ad...
LiNing Ad
#राखेप घटना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते