मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

होरा ई–स्पोर्ट्स पब्जी मोबाइलको च्याम्पियन

आइतबार, ११ फाल्गुण २०८१खेलपाटी संवाददाता
होरा ई–स्पोर्ट्स पब्जी मोबाइलको च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। होरा ई–स्पोर्ट्सले ईशान दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ। शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ।

च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्‍यो। टि टु के ले १२१ अंक जोडेको थियो। यस्तै दाई ई–स्पोर्ट्स तेस्रो, होइन इ स्पोट्र्स चौथो र डिआरएस गेमिङ पाँचौं भयो।

कूल प्राइज राशि २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो। जसमा विजेता होरा ई–स्पोर्ट्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्‍यो। यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई ई–स्पोर्ट्सले १ लाख २० हजार पायो।

यस्तै रोयल ड्रागन इस्पोर्ट छैटौं, जुट्टी ई–स्पोर्ट्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए। अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए। होरा ई–स्पोर्ट्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।  

यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो। फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो। मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो।

ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौँ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा ई–स्पोर्ट्स सातौं र डाँफे इस्पोर्ट आठौं भयो। यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे। एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो। च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्‍यो। डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो। डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौँ, केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याक आठौं भयो।
भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो। च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्‍यो। भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो। भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे। भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौँ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भयो।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।  इ फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते। उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे। यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए। कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र ईशान श्रेष्ठ पाँचौँ भए।

इ स्पोट्र्स संघ नेपाल (ईशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोट्र्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए।। यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए। विजेतालाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, ईशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा