मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोर्खाली रग्बी सेभेन्स भोलिदेखि 

बिहिबार, १५ फाल्गुण २०८१खेलपाटी संवाददाता
गोर्खाली रग्बी सेभेन्स भोलिदेखि 
Loading ad...
mustang rice ad

चितवन । गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी प्रतियोगिता भोलि शुक्रबारदेखि चितवनमा आयोजना हुने भएको छ ।

गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिताको आतिथ्यता साझेदार स्थानीय अङ्कुरम् एकेडेमीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो । 

आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपटक भने आफै प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए । 

चितवनमा दोस्रोपटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने समूहलाई दुई लाख, दोस्रो हुने समूहलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए । 

प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एक-एक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एक÷एक गरी जम्मा सातवटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।  

सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा तीन जना र आयोजक समूहमा दुई जना विदेशी खेलाडी सहभागी रहने जानकारी दिइएको छ । 

क्लबले ‘खेलसँगै पर्यटन’को अवधारणाअनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यसवर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै सञ्चालन गरिने बताएको छ ।

प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले एउटा समूहमा १२ जना रहने भए पनि प्रत्येक टिमबाट सात÷सात जना खेलाडीले स्पर्धा गर्ने उल्लेख गरे ।  

खेल तालिकाअनुसार पोल ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ टोली, नेपाल आर्मीको टोली, मधेश प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने पोल ‘बी’मा गण्डकी प्रदेश, आयोजक गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रहेका छन् । 

प्रतियोगिताको हस्पिटालिटी पार्टनर अङ्कुरम् एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट इमाडोल र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

त्यसैगरी सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेशन एण्ड भिसाा सर्भिसे चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाडौँ तथा माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।
 

Loading ad...
LiNing Ad
गोर्खाली रग्बी सेभेन्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा