बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

गोल्डेन स्कोरमा गोर्खाली रग्बी क्लब च्याम्पियन

शनिबार, १७ फाल्गुण २०८१खेलपाटी संवाददाता
गोल्डेन स्कोरमा गोर्खाली रग्बी क्लब च्याम्पियन
Classic Tech Internet Ad

चितवन। आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। 

भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्‍यो। 

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डेन स्कोर गरेका हुन्। 

जितसँगै विजेता टोलीले २ लाख रुपैयाँ जित्न सफल भएको छ। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक राशि हो। उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गर्‍यो। 

गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए।  यसअघिको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले पराजित गरेको थियो। 

उक्त खेलको पनि निर्धारित समय पनि १२–१२ को स्कोरमा बराबरी हुन पुगेको थियो। खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो। 

त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो।  दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खाली रग्बी क्लबले सशस्त्र प्रहरी बलको एपिएफलाई २९–० स्कोरले सहजै पराजित गर्‍यो। 

एकतर्फी रूपमा टुंगिएको खेलमा गोर्खाली क्लब सुरुआतदेखि नै हाबी देखिएको थियो। खेलमा एपिएफले कुनै अंक जोड्न सकेन। 

प्रतियोगिताका विजेता टोलीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ,  गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार वितरण गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Bajaj Pulsar Motorcycle Ad
 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

 ४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती