मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण

आइतबार, २४ चैत्र २०८१खेलपाटी संवाददाता
हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता इन्टरनेसनल मास्टर (आइएम) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ।

एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टर क्लास विथ आइएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टिओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो। 

मास्टर क्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड गेमलगायतमा प्रशिक्षण दिइने बताइएको छ। एकेडेमीको काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा सञ्चालित विशेष प्रशिक्षण एक साता चल्नेछ।

‘नेपालमा व्यवस्थित तवरले सैद्धान्तिक रूपमा चेसको प्रशिक्षण गर्न गराउन कठिन छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त फिडे ट्रेनर लहिरीलाई काठमाडौं ल्याएका हौं,’ हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बू भन्छिन्, ‘वर्ल्ड च्याम्पियन गुकेशसहित रमेशबाबु प्रागानन्द, सूर्यशेखर गांगुली, सन्दीपन चन्दलगायत थुप्रै जिएम (ग्रान्डमास्टर) लाई प्रशिक्षण दिइसकेका उहाँ वर्ल्ड क्लास कोच हुनुहुन्छ। हाम्रा खेलाडीलाई वर्ल्ड लेबलको प्रशिक्षण दिनुका साथै हाम्रा प्रशिक्षकको स्तरवृद्धिका निम्ति उहाँलाई ल्याएका हौं। उहाँले आगमनले पक्कै पनि नेपाली चेसको स्तरवृद्धिमा योगदान पुग्नेछ।’

करिअरको उच्च लयमा फिडे रेटिङ २४५० पुगेका लहिरीले झण्डै तीन दशकको कोचिङ करिअरमा नेपालसहित, भुटान, गुएना, थाइल्यान्ड, मंगोलिया र भारतका राष्ट्रिय टिम सम्हालिसकेका छन्।

यसअघि उनले सन् २००५ मा नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए। कोलकाताका ५३ वर्षीय उनले इलामको रामप्रसाद गौतम स्मृतिलगायत नेपालमा आयोजित चार वटा प्रतियोगिताको उपाधि पनि जितेका छन्।

विश्व चेस महासंघ (फिडे) को एडुकेसन कमिसनमा महादेशीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसकेका लहिरी बेंगाल चेस संघमा सचिव तथा अल इन्डिया चेस एसोसिएसनका उपसचिवको कार्यभार सम्हालेको अनुभव पनि छ।

२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले सात वटा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। उसले एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गरेको थियो। चेसमा नयाँ स्वरूपको फ्रिस्टाइल प्रतियोगिता नेपालमै पहिलोपल्ट गत चैत १ गते सञ्चालन गरिएको थियो।

बौद्धिक खेलको रूपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एडभान्स बिगिनर्स, इन्टरमिडियट र एडभान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ। भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ। प्रत्येक वुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ। स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने