बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

गण्डकीको फाइनल पुग्ने सम्भावना बलियो

शुक्रबार, १९ बैशाख २०८२खेलपाटी संवाददाता
गण्डकीको फाइनल पुग्ने सम्भावना बलियो
Classic Tech Internet Ad

काठमाडौं। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित गरेको हो। जारी प्रतियोगितामा गण्डकीको यो लगातार दोस्रो जित हो।

बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो। गण्डकीको दोस्रो जितमा मयुरी राईले दुई गोल गरिन्। उनी प्लेअर अफ द म्याच पनि भइन्। 

मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन्। राउन्ड रोविन लिगको आधारमा भइरहेको महिलाको प्रतियोगितामा महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ।

मधेशको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ। मधेशले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो।

पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन्। नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १०–१ को सहज रच्यो। आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे। ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे।

आर्मीको यो दोस्रो जित हो भने मधेशले दोस्रो हार सामना गर्‍यो। आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो। मधेश भने कोशीसँग चुकेको थियो। पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ। समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन्।

पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो। कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे। कर्णालीका सुशान्त रावत प्लेअर अफ द म्याच भए। बागमतीका समीर घिमिरेले एक गोल गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Bajaj Pulsar Motorcycle Ad
EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी