सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन

शनिबार, २७ बैशाख २०८२खेलपाटी संवाददाता
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन इन्डोनेसिया शीर्ष स्थानमा रहन सफल भएको छ। यता, नेपाल ब्लुले पुनरागमन गरेको छ।

ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजना र व्यवस्थापनमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार सम्पन्न पाँच खेलपछि प्रतिस्पर्धा अझै चुलिएको हो। अब तेस्रो दिन अन्तिम तथा निर्णायक बन्नेछ।

दोस्रो दिनको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सानादर सुरुआत गर्‍यो। दोस्रो खेलमा नेपाल ब्लु टोलीले दमदार पुनरागमन गर्दै चिकन डिनर जितेको हो।

शनिबार भएका पाँच वटै खेलमा फरक टोलीहरूले चिकन डिनर हात पारेसँगै अंक तालिकामा उतारचढाव देखिएको छ। इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा यथावत् छ भने पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा रहेको छ। 

नेपाल ब्लु टोली ८३ अंकसहित चौथो, नेपाल रातो टोली ८० अंकसहित पाँचौं र नेपाल ह्वाइट टोली आठौं स्थानमा छ। लेबनान १० अंकसहित तालिकाको अन्तिम स्थानमा संघर्षरत देखिएको छ।

भ्यालुएबल प्लेयर सूचीमा इन्डोनेसियाका लालाक्युबिक्यु सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेशन गर्दै २७.७६ भ्यालुएबल अंक बटुलेका छन्। 

शीर्ष ५ मा पाकिस्तानका ३ खेलाडी छन्, तर अहिलेसम्म कुनै नेपाली खेलाडी शीर्ष ५ मा प्रवेश गर्न सकेका छैनन्।

प्रतियोगितामा कुल १० लाख रुपैयाँको पुरस्कार राशि छ। शीर्ष ६ टोलीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्, जसमा विजेता टोलीलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ। साथै, भ्यालुएबल प्लेयर अवार्ड विजेताले पनि नगद पुरस्कार जित्नेछन्।

अब बाँकी रहेको अन्तिम दिन – जेठ २७ गते (मे ११) मा हुने ५ खेल निर्णायक हुनेछन्। जसले पनि उत्कृष्ट प्रदर्शन गर्दै बढी अंक बटुल्नेछ, उसैलाई पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन घोषित गरिनेछ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन