सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ५४ करोड बजेट छुट्टाइयो

बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ५४ करोड बजेट छुट्टाइयो
Loading ad...
mustang rice ad

काठमाडौं। सरकारले सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न बजेट विनियोजन गरेको छ।

पटकपटक सर्दै आएको प्रतियोगिता आयोजना गर्न ५४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।

‘सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुल ५४ करोड बजेट विनियोजन गरेको छु ,’ उनले भने। 

सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो। तर, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चैत २९ गते प्रतियोगिता नहुने घोषणा गरेका हुन्।

राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका मिच्दै खेलकुदमन्त्री चौधरीले प्रतियोगिता तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरिसकेका थिए। उपसमिति गठन गरेर खेलकुदमन्त्रीले तयारी अघि बढाएको जस्तो देखाए पनि प्रतियोगिता आयोजना हुनेमा उपसमितिका संयोजक र सदस्यहरू नै विश्वस्त देखिएका थिएनन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन्। सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।

तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो। त्यसपछि प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो। त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पुर्‍याइएको थियो। 

सरकारले प्रतियोगिताका आयोजना गर्न अघिल्लो बजेट भाषणमै ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको थियो। कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो। यसका लागि प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन