सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम

बुधबार, ०४ असार २०८२खेलपाटी संवाददाता
गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ।

ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा, कठिनाई र सफलताको प्रसंग साटेका थिए।

तेक्वान्दोका दीपक र जुडोकी देवुले सन् २००८ को बेइजिङ ओलम्पिक तथा एथलेटिक्सकी सन्तोषी र ब्याडमिन्टनका प्रिन्सले २०२४ को पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ‌।

दीपकले खेलकुदमा अनुशासन, समर्पण, दृढ संकल्पले मात्रै सफलता मिल्ने आफ्नो अनुभवबाट सिकेको बताए। उनले चोट र संघर्षबाट आत्तिएर सफलता प्राप्त गर्न नसकिने बताए।

देवुले खेलकुदले नै आफूलाई मानसिक र शारीरिक रुपमा थप मजबुत बनाएको स्मरण गरिन्। खेल जीवनमा कठिन समयलाई पनि पार गर्दै दृढताका साथ अघि बढेकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सकेको बताइन्।

सन्तोषीले हरेकको जीवनमा शिक्षाको‌ महत्व हुने भएकाले विधार्थी जीवनमा त्यसमै बढी जोड दिनु पर्ने जनाउँदै खेलकुदमा रुची भएको खण्डमा समय व्यवस्थापन गरेर अध्ययन र अभ्यासलाई अघि बढाउनु उपयुक्त हुने सुझाव दिइन्।

प्रिन्सले परिवारको साथ र आफ्नोतर्फबाट शतप्रतिशत खेलमा केन्द्रीय भएकै कारण ओलम्पिक खेल्न सफल भएको बताए। विधार्थीहरुले ओलम्पिकसँग जिज्ञासा पनि राखेका थिए।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको यो वर्षको तेस्रो कार्यक्रम हो। गत महिना भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय र  काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन