सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

आइतबार, ०१ भाद्र २०८२खेलपाटी संवाददाता
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन्। उनले शतप्रतिशत जितसहित ७ अंक जोड्दै उपाधि जितेकी हुन्।

सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन्। तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि होडबाट टाढा बनायो। उनी ६.५ अंकमा सीमित भएपछि उपविजेतामै रोकिइन्। 

सात वर्षदेखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अंकसहित तेस्रोमा रहिन्। स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहे।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आयोजना गरिएको हो। 

स्वीस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा १ सय ४२ खेलाडीले प्रतिस्पर्धा गरे, जुन नेपाली चेसमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो। गत वर्ष आयोजित हिमालयन तीज टोर्नीमा ३७ खेलाडी सहभागी थिए, जसलाई हिमलायन क्वीन्स ग्याम्बिटले उछिनेको हो।

विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रोमा रहे। यू १० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो भए। यू १३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राजभण्डारी तेस्रो भए। यू १६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहे।

त्यस्तै, भेट्रान ५० वर्षमाथि रुक्मणि जिमी च्याम्पियन भइन् भने राधा राई उपविजेता भइन्। शुभानी पण्डितले बेस्ट एचसीए, आकृति नगरकोटीले बेस्ट जेभियरियन, रोशिका श्रेष्ठले बेस्ट स्पोर्टसम्यानसिप, स्मारिका डुम्रेले राइजिङ प्लेयर, सूक्ष्मायंका जैशीले बेस्ट इम्प्रुभ्मेन्ट अवार्ड हात पारे।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर कलेजका भाइस प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे कसिन फर वुमेन्स चेसकी सदस्य मोनालिशा खम्बू (हिमालयन चेस एकेडेमीकी संस्थापक) ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवद्र्धन, फिल्म निर्देशक दिपेन्द्र लामा, सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल अगस्टिन थोमसले चेस क्लक र गोटी चाल्दै उद्घाटन गरेका थिए।

काठमाडौं– ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गरेको यो नवौं प्रतियोगिता हो। २०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ। अनलाइन कक्षा, स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण नियमित गरिरहेको छ। उसले कमनवेल्थ चेस च्याम्पियन इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य