शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यमललाई अत्याधिक खेलको भार

मंगलबार, १४ आश्विन २०८२Admin User
यमललाई अत्याधिक खेलको भार
Loading ad...
mustang rice ad

बार्सिलोनाका किशोर खेलाडी लामिन यमलबारे अहिले गम्भीर चिन्ता व्यक्त गरिएको छ।

१८ वर्षमै विश्व फुटबलका उत्कृष्ट प्रतिभामध्ये एकका रूपमा स्थापित भएका उनी १५ वर्षको उमेरमा पहिलोपटक चर्चामा आएका थिए। त्यहीदेखि कीर्तिमानको शृङ्खला कायम गर्दै आएका यमललाई अहिले भने अत्यधिक खेलभारले दीर्घकालीन जोखिममा पार्ने चेतावनी दिइएको छ।

विश्व फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले यमलमाथि परेको दबाबलाई चिन्ताजनक भनेको छ। प्रतिवेदनअनुसार १८ वर्ष नपुग्दै उनले १३० वटा सिनियर खेल खेलेका छन्, जुन अघिल्ला युवा खेलाडीहरूको तुलनामा निकै बढी हो।

आन्द्रे एनिएस्टाले त्यही उमेरसम्म ४० खेल मात्र खेलेका थिए भने बार्सिलोनाकै अर्का युवा खेलाडी गाभीले ६० खेल खेलेका थिए। फिफप्रोको उच्च प्रदर्शन सल्लाहकार नेटवर्कका अध्यक्ष डेरेन बर्गेसका अनुसार २४–२५ वर्षसम्म शरीर र मानसिकता अझै विकास हुँदै जाने भएकाले त्यो उमेरअघि खेलाडीलाई अत्यधिक खेलमा उतार्नु चोटपटक र करिअर छोटिने खतरा बढाउनु हो।

उनले यसलाई निकै खतरनाक प्रवृत्ति भने। यमलले युरोपियन च्याम्पियनसिप जित्ने सबैभन्दा कान्छो खेलाडी, ला लिगामा गोल गर्ने सबैभन्दा कान्छो, स्पेनको लागि खेल्ने सबैभन्दा कान्छो र बार्सिलोनाका लागि १०० खेल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेर इतिहास रचेका छन्।

गत हप्ता उनले लगातार दोस्रो वर्ष विश्वकै उत्कृष्ट युवा खेलाडीको रूपमा कोपा ट्रफी पनि जिते। तर, उनको लगातार प्रयोग र थोरै विश्रामले अब दीर्घकालीन असर पार्ने आशंका गरिएको छ।

फिफप्रोले फुटबलमा पर्याप्त विश्राम सुनिश्चित गर्नुपर्ने र यसका लागि नयाँ नियम ल्याउनुपर्ने माग गरेको छ। प्रतिवेदनले अन्य खेलसँग तुलना गर्दै एनबीए फाइनल खेल्ने खेलाडीलाई १४ हप्ता र मेजर लिग बेसबल फाइनल खेलाडीलाई १५ हप्तासम्म बिदा मिल्ने तर युरोपेली फुटबलरलाई भने तीन हप्तामात्र पाउने तथ्य प्रस्तुत गरेको छ।

प्रिमियर लिगका खेलाडी क्रिस वुडले पनि फुटबलमा पर्याप्त विश्राम भए खेलाडीले लामो समयसम्म खेल्न सक्ने बताए। उनको भनाइमा एनबीएमा लेब्रोन जेम्स ४० वर्ष नाघ्दा पनि उच्च स्तरमा खेलिरहेका छन्।

फुटबलमा (क्रिस्टियानो) रोनाल्डोजस्ता केही खेलाडी मात्र ४० नाघेर खेलेका छन्। पर्याप्त विश्राम भए यस्तो उदाहरण अझ धेरै देखिन सक्थ्यो। यो फिफप्रोको पहिलो प्रतिवेदन हो जसमा नयाँ संरचनामा आएको च्याम्पियन्स लिग र क्लब वर्ल्ड कपसमेत समेटिएको छ।

संगठनले यसै सन्दर्भमा फिफाको शासन र निर्णय प्रक्रियाविरुद्ध औपचारिक गुनासो पनि दर्ता गरेको छ। गत सिजन लुका मोड्रिच, फेडेरिको भाल्भेर्दे र फाबियन रुइजजस्ता खेलाडीले ७० भन्दा बढी खेल खेलेको प्रतिवेदनले देखाएको छ।

फिफप्रोका अनुसार ५५ भन्दा बढी खेललाई अत्यधिक भार मानिन्छ। संगठनका अध्यक्ष बर्गेसले भने, 'फुटबललाई बलियो बनाउन खेलाडीहरूको सुरक्षा अनिवार्य छ। खेलाडीलाई पर्याप्त विश्राम दिने प्रावधान बनाउँदा खेल कमजोर हुँदैन, बरु अझ सबल र प्रतिस्पर्धी हुन्छ।'

फिफप्रोले जलवायु परिवर्तन र बढ्दो गर्मीका कारण भविष्यमा खेलाडीहरूको सुरक्षाका लागि थप प्रोटोकल आवश्यक पर्ने चेतावनी पनि दिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाको कमब्याक

रोमाको कमब्याक

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने