बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

बिहिबार, १३ कार्तिक २०८२खेलपाटी संवाददाता
३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला
Loading ad...
mustang rice ad

काठमाडौं। लगभग ३२ महिनादेखि नेपाललाई पराजित गर्न नसकेको युएईले आफ्नो हारको शृंखला तोड्दै मिठो बदला लिन सफल भएको छ।

युएईले अन्तिम पटक ६ मार्च २०२३ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा आयोजित आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाललाई ४२ रनले हराएको थियो।

त्यसपछि युएईविरुद्धका पाँचै खेलमा नेपालले लगातार जित हात पारेको थियो। तर, बिहीबार युएईले पुनः नेपाललाई ५ विकेटले हराउँदै त्यो अपराजित यात्रामा पूर्णविराम लगाएको हो।

२३४ रनको मध्यम लक्ष्य पछ्याएको युएईले ओभरमा ५ विकेट गुमाउँदै २३७ रन बनायो।

जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईलाई केही राहत मिलेको छ। युएईले १८ खेलबाट ८ अंक पुर्‍याएको छ। जारी भ्रमणमा नेपालको यो दोस्रो हार हो। यसअघि अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।

समान खेलबाट १२ अंक रहेको नेपाल सातौं स्थानमा यथावत् छ।

युएईलाई जित दिलाउन आर्यान्श शर्माले ९८ रनको उत्कृष्ट इनिङ्स खेले। ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। उनलाई लेग स्पिनर सन्दीप लामिछानेले शतक बनाउनबाट बञ्चित गरे।

यद्यपि, सन्दीपको उक्त क्याच एन्ड बोल्डबाट युएईलाई कुनै असर परेन। अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाइदिसकेका थिए।

उनीबाहेक मोहम्मद वासिम २६, कप्तान राहुल चोपरा १५, हर्षित कौशिक १३ रनमा आउट भए।

यता, धुर्व पराशर १६ र जाहिद अली ११ रनमा अविजित रहन सफल भए।

नेपालका सन्दीपले सर्वाधिक दुई विकेट लिए। उनले आफ्नो १० ओभरमा ३४ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

उनको यो करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्। योसँगै उनी दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

तर, उनको यो इनिङ्सले नेपाललाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेन। ओपनर आसिफ शेखले ४८ बलमा ४ चौकासहित ३५ रनको योगदान दिए।

उनीबाहेक आरिफ शेख २७, दीपेन्द्र २३ रनमा आउट हुँदा करणले १३ रन थपिदिए।

नेपाललाई सस्तैमा रोक्न जाहिद अलीले सर्वाधिक ४ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १ मेडनसहित २४ रन खर्चिए।

जुनैद सिद्दिकीले ३ तथा मुहम्मद राशिद र हैदर अलीले समान १ विकेट राखे। अब नेपालले शनिबार अमेरिका र बुधबार युएईसँग खेल्नेछ। त्योसँगै नेपालको युएई भ्रमण सकिने छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका