बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

शुक्रबार, १४ कार्तिक २०८२खेलपाटी संवाददाता
क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया
Loading ad...
mustang rice ad

काठमाडौं। महिला विश्वकपको सेमिफाइनलमा जेमिमा रोड्रिगेजको अविजित शतकले भारतलाई बिहीबार ५ विकेटको जित दिलाउँदै फाइनलमा पुर्‍यायो।

अस्ट्रेलियाले दिएको ३३९ रनको ठूलो लक्ष्य भारतले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो महिलाको एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो रन लक्ष्य पछ्याएर जित्ने रेकर्ड हो।

भारतको स्कोर त्यतिबेला २०६ थियो र जेमिमा रोड्रिग्सको व्यक्तिगत रन ८२। सो समयमा अलाना किङको बलमा उनले दिएको क्याच विकेटकिपर एलिसा हिल्लीले समाउन नसकिन्। त्यो मौका उपयोग गर्दै जेमिमाले शतक पूरा गरिन्।

पछि टोलीको स्कोर २८४ हुँदा पुनः एकपटक जीवन पाइन्। यसपटक ताया म्याक्ग्राले उनको क्याच झारेकी थिइन्। यी दुई क्याच मिस्टेककै कारण समूह चरणमा अपराजित रहेको अस्ट्रेलियालाई प्रतियोगिताबाट बाहिरिनुपर्‍यो।

ठूलो लक्ष्य पछ्याउन आएका भारतका लागि सुरुआत राम्रो रहेन। टोलीको १३ रनमै शेफाली वर्मा (१०) र ५९ रनमै स्मृति मन्धाना (२४) आउट भइन्। त्यसपछि जेमिमा र कप्तान हरमनप्रीत कौरले १८७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

हरमनप्रीत ८८ बलमा १० चौका र २ छक्कासहित ८९ रन बनाएर आउट भइन्, तर जेमिमा अझै टिकिरहेकी थिइन्। अस्ट्रेलियासँग खेल्दा १६७ रनको साझेदारी हुँदा नै जेमिमालाई आउट गर्ने अर्को मौका अस्ट्रेलियाले गुमाएको थियो।

एलिसा हिल्लीले सजिलो क्याच लिन सकिनन्। त्यसपछि व्यक्तिगत १०६ रनमा जेमिमाको अर्को क्याच म्याक्ग्राले झारेकी थिइन्। त्यतिबेला भारतलाई जितका लागि ४१ बलमा ५५ रन आवश्यक थियो। यदि त्यो क्याच समातिएको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो। तर यी दुई गल्तीले अस्ट्रेलियाको सपना त्यहीँ टुट्यो।

जेमिमा अन्त्यसम्म १३४ बलमा १२७ रन बनाएर अविजित रहिन्। उनको साथमा दीप्ति शर्माले १७ बलमा २४ रन, ऋचा घोषले १६ बलमा २६ रन र अमनजोत कौरले ८ बलमा १५ रन बनाए। अस्ट्रेलियाका लागि किम गार्थ र सान्डरल्यान्डले २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गर्न आएका अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो। फोएबे लिचफिल्डले ९३ बलमा १७ चौका र ३ छक्कासहित ११९ रन, एलिसा पेरीले ८८ बलमा ६ चौका र २ छक्कासहित ७७ रन, र एश्ली गार्डनरले ४५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रन बनाए। भारतका श्री चरणी र दीप्ति शर्माले २–२ विकेट लिएका थिए।

महिला एकदिवसीय क्रिकेटमा भारतले नयाँ रेकर्ड बनाएको छ। यो इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित हो। यसअघि यही विश्वकपको समूह चरणमा भारतको ३३१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले रेकर्ड बनाएको थियो, जुन भारतले तोडेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका