एरोनको गोलमा विजय अपराजित

काठमाडौं। एरोन थापाको गोलसँगै विजय स्पोर्ट्स क्लब एन्फा प्रेसिडेन्ट लिगमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ।
हेटौंडास्थित गौरिटार रंगशालामा शुक्रबार सम्पन्न खेलमा विजयले चित्लाङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको पहिलो हाफको इन्ज्युरी समयमा एरोनले गोल गर्दै विजयलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा चित्लाङले पुनरागमन गर्यो।
७२औं मिनेटमा विज्ञान खड्काले गोल गर्दै चित्लाङलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि चित्लाङलाई जित निकाल्ने सुनौलो मौका मिलेको थियो। तर, पेनाल्टीमा शिशिर लेखी चुके।
बराबरीसँगै चित्लाङले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा उसले देउराली युथ क्लबलाई ४–१ ले पराजित गरेको थियो। विजयका लागि भने यो लगातार दोस्रो बराबरी हो। यसअघि उसले लालिगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेको थियो।







-1765462956105.jpeg&w=3840&q=75)



-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)