रोबर्टसनले पनि लिभरपुल छाड्ने
शुक्रबार, २७ चैत्र २०८२खेलपाटी संवाददाता
-1775788668970.webp&w=3840&q=75)
काठमाडौं। लेफ्ट ब्याक एन्डी रोबर्टसन यस सिजनको अन्त्यमापछि लिभरपुल छाड्ने भएका छन्। उनको सम्झौता यसै सिजन सकिँदैछ।
स्कटल्यान्डका कप्तान रोबर्टसनले २०१७ मा क्लबमा आबद्ध भएदेखि लिभरपुललाई दुई प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग उपाधि, एफए कप लगायतका धेरै सम्मान जिताउन मद्दत गरेका छन्।
क्लबले बिहीबार एनफिल्डमा नवौं सिजन बिताइरहेका रोबर्टसनले बिदा लिने जानकारी गराएको हो। मोहम्मद सलाहको पनि सिजनको अन्त्यमा क्लब छाड्दैछन्। उनले एनफिल्ड छाड्ने घोषणा गरेको दुई हप्तापछि रोबर्टसनले पनि आफ्नो मनस्थिति बताएका हुन्।
उनलाई क्लबले लिभरपुलका साँचो लिजेन्ड भनेर उल्लेख गरेको छ, जसले ३७३ खेल खेलेका छन्।
‘लिभरपुलजस्तो क्लब छाड्नु कहिल्यै सजिलो हुँदैन। पछिल्ला नौ वर्षदेखि यो क्लब मेरो र मेरो परिवारको जीवनको ठूलो हिस्सा बनेको छ,’ ३२ वर्षीय रोबर्टसनले भने।







-1775701512962.webp&w=3840&q=75)






