शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साम्बाको डेब्युको प्रतीक्षा

शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता
साम्बाको डेब्युको प्रतीक्षा
Loading ad...
mustang rice ad

काठमाडौं। न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्स शनिबारबाट सुरु हुने आफ्नो ‘ए’ लिग महिला फुटबल सिजनमा पहिलोपटक नेपाली स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’लाई मैदानमा उतार्ने तयारीमा छ।

अन्तर्राष्ट्रिय स्तरकी गोलमेकर भण्डारीले यसअघि नेपाली राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान कायम गरेकी थिइन्। उनको नाममा ६६ अन्तर्राष्ट्रिय गोल छ।

अब उनी ‘ए’ लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छिन्। वेलिङ्टन फिनिक्सले शनिबार आफ्नो नयाँ सिजनको पहिलो खेलमा क्यानबेरा युनाइटेडको सामना गर्दैछ।

यो खेललाई सबैभन्दा प्रतीक्षित मानिएको छ। यही खेलमा भण्डारीको डेब्यु हुने सम्भावना छ। फ्रान्सको शीर्ष डिभिजन क्लब अभान्ट ग्वेन्ग्याम्पसँगको दुई वर्षे सम्झौता सकिएपछि उनी न्युजिल्यान्डतर्फ मोडिएकी हुन्। यो क्लब न्युजिल्यान्डको भए पनि अस्ट्रेलियन ‘ए’ लिग खेल्दै आएको छ। त्य

साम्बाको फुटबल यात्राले सधैं अनपेक्षित मोड लिएको छ। तर, उनको यो यात्रा सधैं उकालो चढ्दै छ। भारतको महिला सुपर लिगमा २४ खेलमै ६० गोल गरेपछि उनले युरोपेली टोलीको ध्यान खिचेकी थिइन्।

फलस्वरूप २०८० माघमा ग्वेन्ग्याम्प पुगेकी साम्बाले त्यहाँ पहिलो सिजनदेखि नै प्रभाव छोडिन्। दोस्रो सिजनमा त पेरिस सेन्ट-जर्मन (पीएसजी)विरुद्ध ह्याट्रिक नै गरिन्।

यस्तो प्रतिस्पर्धी टोलीविरुद्ध गोल गर्ने नेपाली फुटबल इतिहासमै पहिलो महिला खेलाडी बन्नु सानो उपलब्धि थिएन। तर, समग्रमा खराब प्रदर्शनका कारण दोस्रो सिजनको अन्त्यसँगै टोली रेलिगेसनबाट जोगिन सकेन।

उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा दुई ह्याट्रिकसहित ९ गोल गरिन्, त्यो पनि जम्मा तीन खेलमा। अहिले उनको आत्मविश्वास अझै बढेको देखिन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान