काठमान्डुलाई सामान्य लक्ष्य
सोमबार, ०१ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १३१ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको हो।
ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।
मयन यादवले ३४ रनको योगदान दिए। काठमान्डुका मिलन्दा कुमारले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

