बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

शुक्रबार, ०५ मंसिर २०८२खेलपाटी संवाददाता
लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सको यात्रा सुरु देखिनै असहज रहँदै आएको छ। पहिलो सिजनमा तालिकाको तल्लो भागमा धकेलिएको टोलीले दोस्रो संस्करणमा सुखद् सुरुआत गर्ने अपेक्षा राखेको थियो।

तर, त्यो अपेक्षा पहिलो खेलमै डगमगायो। विराटनगर किंग्सले २२१ रनको विशाल लक्ष्य दिएपछि पोखराकेन्द्रित योजनाहरू क्षणमै भताभुंग भए। १६७ रनमा समेटिँदा नतिजा झन् ठूला अन्तरले प्रतिविम्बित भयो र ५३ रनको हारले पोखराको पुरानै घाउ फेरि ताजै बनाइदियो।

अब टोली शुक्रबार सुदूरपश्चिम रोयल्ससँग दोस्रो खेलमा उत्रँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुईबीचको भेट अपरान्ह्र ४ बजे हुनेछ। दोस्रो खेलमा पोखराका लागि मुख्य ऊर्जा पहिलो असफलतालाई दबाब होइन, प्रेरणाका रूपमा उपयोग गर्ने हुनुपर्छ। यद्यपि, चुनौती सजिलो छैन।

पोखराका भरोसायोग्य खेलाडी ओपनर एडम रोसिङ्टन र कप्तान कुशल भुर्तेल नै हुन्। पहिलो संस्करणमा खराब प्रदर्शन गरेपनि दोस्रो संस्करणमा भने उनले केही राम्रा संकेत छाडेका छन्। विराटनगरविरुद्ध ३१ बल खेलेका उनले ५ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए।

ओपनर एडमले २१ बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए। यी दुईबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। यी दुईबीच दोस्रो विकेटका लागि ७६ रनको साझेदारी भएको थियो। तर, उक्त साझेदारीले पोखरालाई जितनजिक पुर्‍याउन सकेन।

यद्यपि, खेलपछिको कुशलले मध्यक्रम चल्न नसकेको स्वीकार गरे। तर, आफू धेरै बेर टिकेको भए नतिजा फरक हुन सक्ने उनको भनाइ थियो। त्यही पछुतो सुदूरपश्चिमविरुद्ध ‘फाइटब्याक’ को उर्जा बन्न सक्छ।

यता, साबिक उपविजेता सुदूरपश्चिमले भने पहिलो खेलमै काठमान्डु गोर्खाजविरुद्ध यो टोलीले २९ रनको उत्कृष्ट जित दर्ता गरेको थियो। यो टोलीको बलिङ सधैं आक्रामक छ। गत संस्करणमा सुदूरपश्चिमले पोखरालाई रोमाञ्चक पाँच रनले रोक्न सकेका थिए, त्यो पनि स्कट कुगुलेइनको उत्कृष्ट बलिङमा। कुगुलेइनले उत्कृष्ट संस्करणमा १७ विकेट लिएका थिए।

जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले पनि उत्तिकै विकेट लिएका थिए। तर, तर, इकोनोमीमा राम्रो भएपनि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले कुगुलेइनलाई भेदभाव गर्दै ललितलाई मोटरसाइकल दिएको थियो।

उक्त कुरा सायद कुगुलेइनले भुलेका छैनन्। त्यसैले उनी पहिलो खेलदेखि नै आफ्नो पुरानै शैलीमा देखिएका छन्। उनले काठमान्डुविरुद्ध पहिलो खेलमै दुई विकेट लिएर आफ्नो धार कायम राखेका छन्। पोखराको कमजोर मध्यक्रम कुगुलेइनको गतिमा झनै परीक्षामा पर्न सक्छ।

सुदूरपश्चिमको ब्याटिङ भने पहिलो खेलमा अनिश्चित देखिएको थियो। पहिलो खेलमा शीर्षक्रम फल्प हुँदा टोलीलाई कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहले जीवनदान दिएका थिए। हर्मितले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धशतक बनाए।

त्यसैगरी कप्तान दीपेन्द्रले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। अन्यले आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए। अन्यको भने ब्याटिङमा योगदान लगभग शून्यसरह नै देखिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका