पहिलो शतक, कर्णालीको पहिलो जित

काठमाडौं। मार्क वार्टले सबैभन्दा कम बलमै शतक प्रहार गरेसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनएपीएल)मा पहिलो जित हात पारेको छ।
शनिबार सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटको जित निकालेको हो। जितसँगै कर्णालीले दुई अंक जोडेको छ। पहिलो खेलमा चितवन राइनोजसँग कर्णाली ४ विकेटले पराजित भएको थियो। लुम्बिनीको भने यो पहिलो हार हो। यसअघि लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो।
कर्णालीलाई जित दिलाउन वार्टले सर्वाधिक ११४ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे। उनी सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनले ४१ बलमा शतक प्रहार गरेका हुन्। यो दोस्रो संस्करणको पहिलो शतकसमेत हो।
उनले विलियम बोसिस्टोसँग दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए। विलियम २९ रनमा अविजित रहे। प्रियांक पन्चाल १२ रनमा आउट भए।
लुम्बिनीका शेर मल्लले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। ४३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
रुबेन ट्रम्पेलमनले १४ बलमा १ चौका र ३ छक्कासहित २९ रन बनाए। जेजे स्मिथले २३ रन बनाउँदा डार्सी सर्ट १९ रनमा आउट भए।
लुम्बिनीका नन्दन यादवले सर्वाधिक विकेट लिए। सोमपाल कामी, गुल्सनकुमार झा, मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले समान एक विकेट लिए।







-1765627825694.jpeg&w=3840&q=75)

-1765707019177.jpeg&w=3840&q=75)




