१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी
आइतबार, १४ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। लिभरलुलले प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को जित दर्ता गर्दै तीन अंक सुरक्षित गरेको छ।
यस जितसँगै लिभरपुलले १३ खेलबाट २१ अंक बटुलेको छ। टोली आठौं स्थानमा छ। समान खेलबाट ११ अंक रहेको वेस्ट ह्याम भने १७औं स्थानमा छ।
आइतबारको खेलमा दोस्रो हाफमा गति पकडेको लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए। तर, ६०औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
दबाबमा परेको वेस्ट ह्यामले ८४औं मिनेटमा अर्को झट्का बेहोर्यो। लुकास पाक्वेटा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को सुरक्षित जित दिलाए।







-1765627825694.jpeg&w=3840&q=75)





