इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा
शुक्रबार, २६ मंसिर २०८२खेलपाटी संवाददाता

रुकुम पूर्व। रुकुमकोटमा पहिलोपटक आयोजना हुन लागेको इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ गर्न लागिएको हो।
आयोजक संस्थाकी अध्यक्ष अस्मि बूढामगरका अनुसार प्रतियोगितामा ५० भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन्।
सिनियर पुरुष र महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
जुनियर बोइज र गर्ल्सतर्फको समूहमा पनि विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।










-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)