सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता
आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला
Classic Tech Internet Ad

काठमाडौं।म्यानचेस्टर सिटी र एस्टन भिल्लाले जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेका छन्।

नटिङ्घम फरेस्टले टोटनह्यामलाई ३–० ले पराजित गर्दै रेलिगेसन क्षेत्रबाट आफूलाई केही माथि ल्याएको छ। टाइन–वियर डर्बीमा भने निक वोल्टेमाडेको आत्मघाती गोलका कारण सन्डरल्याण्डले न्युक्यासलमाथि १–० को जित हात पार्‍यो।

शनिबार वुल्भ्सविरुद्ध २–१ को जित निकाल्दै आर्सनलले अंक तालिकाको शीर्षमा आफ्नो अग्रता पाँच अंक पुर्‍याएको थियो। तर, त्यसको भोलिपल्ट उसका नजिकका प्रतिद्वन्द्वीहरूले पनि जितका साथ दबाब दिएका छन्।

दोस्रो स्थानमा रहेको सिटीले क्रिस्टल प्यालेसको मैदानमा ३–० को जित निकाल्यो भने तेस्रो स्थानको भिल्लाले लन्डन स्टेडियममा दुई पटक पछाडि परेपछि पुनरागमन गर्दै वेस्ट ह्यामलाई ३–२ ले हरायो।

हाल सिटी १६ खेलबाट ३६ अंक जोडेको आर्सनलभन्दा दुई अंक पछाडि छ। भिल्ला सिटीभन्दा एक अंक पछाडि रहेको छ।

सिटीको बदला

गत सिजन एफए कपको फाइनलमा प्यालेससँग पराजित भएको सिटीले सेलहर्स्ट पार्कमा जित निकाल्दै त्यसको बदला लियो।

सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले भने, ‘उनीहरू निकै बलिया छन्। हरेक पटक उनीहरूविरुद्ध खेल्दा निकै गाह्रो हुन्छ। हामी अझै शीर्षस्थानमा छैनौं। तर, हामी सिकिरहेका छौं। जे भयो त्यसबाट भविष्यमा अझनजिक पुग्नेछौं।’

एर्लिङ हालान्डले पहिलो हाफको अन्त्यतिर गोल गर्दै सिटीलाई अग्रता दिलाए। यो उनको प्रिमियर लिगमा १०१औं गोल थियो।

उनले ८९औं मिनेटमा पेनाल्टीमार्फत खेलको दोस्रो गोल पनि थपे। नर्वेयन स्ट्राइकरले यस सिजन क्लब र देशका लागि २७ खेलमा ३६ गोल गरिसकेका छन्।

हालान्ड १७ गोलसहित लिगका सर्वाधिक गोलकर्ता पनि हुन्। फिल फोडेनले हालान्डका दुई गोलको बीचमा सिटीको अर्को गोल गरेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

Bajaj Pulsar Motorcycle Ad
एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत