मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध
Classic Tech Internet Ad

काठमाडौं। बोरुसिया डर्टमुन्डका मिडफिल्डर जोब बेलिङ्घमलाई बुन्डेसलिगाका आगामी दुई खेलका लागि प्रतिबन्ध लगाइएको छ। फ्राइबर्गविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनलाई प्रतिबन्ध गरिएको हो।

रियल मड्रिडका स्टार जुड बेलिङ्घमका कान्छा भाइ जोबलाई आइतबार भएको खेलको ५३औं मिनेटमा फिलिप ट्रोयमाथि फाउल गरेपछि मैदानबाट बाहिर पठाइएको थियो।

डर्टमुन्डका गोलकिपर ग्रेगर कोबेलले बल गुमाएपछि ट्रोय सीधै गोल गर्ने अवस्थामा थिए। उनलाई रोक्ने क्रममा जोबले फाउल गरेका थिए। त्यो बेला डर्टमुन्ड १–० ले अघि थियो। तर, खेल अन्ततः १–१ को बराबरीमा सकियो।

जर्मन फुटबल महासंघले सोमबार आफ्नो खेल अदालतले उक्त घटनालाई ‘अनस्पोर्टिङ बिह्यावियर’ ठहर गर्दै दुई खेलको प्रतिबन्ध लगाएको जनाएको छ।

योसँगै २० वर्षीय जोबले गत जुनमा सन्डरल्यान्डबाट डर्टमुन्डमा अनुबन्धित भएपछि पहिलो पटक बुन्डेसलिगा खेल गुमाउने भएका छन्। उनी आफ्ना दाजु जुडको पदचिन्ह पछ्याउँदै डर्टमुन्ड आएका हुन्।

अब जोबले शुक्रबार हुने बोरुसिया मोन्चेनग्लाडबाखविरुद्धको खेल र जनवरी ९ मा हुने आइन्त्राख्ट फ्रान्कफुर्टविरुद्धको ‘अवे’ खेल गुमाउनेछन्।

यो प्रतिबन्धले डर्टमुन्डमा उनको उतार–चढावपूर्ण सुरुआतलाई अझ प्रष्ट पारेको छ। यही क्लबबाट उनका दाजु जुड विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एकका रूपमा स्थापित भएका थिए।

जोबले गत सिजनको अन्त्यतिर क्लब विश्वकपमा डर्टमुन्डका लागि डेब्यु गरेका थिए। दोस्रो खेलमै गोल पनि गरेका थिए। तर, त्यसयता उनले क्लबका लागि फेरि गोल गर्न सकेका छैनन्।

यस सिजन सबै प्रतियोगितामा डर्टमुन्डका २३ खेलमध्ये सबैमा खेले पनि उनले १० खेल मात्र सुरुआती एकादशमा स्थान पाएका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

Bajaj Pulsar Motorcycle Ad
भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त