मेसीले मोदीलाई किन भेटेनन्?

काठमाडौं। लिओनल मेसीले भारत भ्रमणको अन्तिम दिन नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो। तर, भेटघाट रद्द गरिएको इन्डियन एक्सप्रेसले सोमबार दिउँसो पुष्टि गर्यो।
मेसी ३ दिने भ्रमणमा भारत आइपुगेका थिए। त्यो भ्रमणको क्रममा अर्जेन्टिनाको फुटबल टोलीका कप्तानले भारतीय प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम थियो। तर, अन्ततः त्यसलाई रद्द गरियो। इन्डियन एक्सप्रेसका अनुसार मेसीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग लगभग २१ मिनेटको शिष्टाचार भेटघाट गर्ने कार्यक्रम थियो।
यद्यपि, भेटघाट रद्द गर्ने निर्णय आइतबार गरिएको थियो। भेटघाट रद्द हुनुको मुख्य कारण मोदीको आगामी विदेश भ्रमण रहेको छ। उनी चार दिने भ्रमणमा ओमान, इथियोपिया र जोर्डन जाँदैछन्। यस भ्रमणको क्रममा भारत र तीन देशबीच महत्त्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
यसैबीच, मेसी सोमबार बिहान मुम्बईबाट दिल्ली जाने तालिका थियो। तर, बाक्लो कुहिरोका कारण उनको उडान रद्द गरियो। उडान रद्द हुँदा अर्जेन्टिनाका फुटबल स्टार समयमै दिल्ली पुग्न सकेनन्।
तर, दिउँसो मेसी दिल्लीको अरुण जेटली रंगशाला पुगे। बिहानैदेखि हजारौं फ्यानहरू त्यहाँ भेला भएका थिए। विश्वकप विजेता स्टारको एक झलक हेर्न फ्यानहरू घण्टौंदेखि पर्खिरहेका थिए। रंगशालाभरि कडा सुरक्षा व्यवस्था गरिएको थियो।
भारत भ्रमणको अन्तिम दिन पनि मेसीलाई घेर्ने फ्यानहरूको उत्साह स्पष्ट थियो।








-1765820073676.webp&w=3840&q=75)



