बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
हालान्डको  ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की
Classic Tech Internet Ad

काठमाडौं। एर्लिङ हालान्ड र रायन चेर्की म्यानचेस्टर सिटीका सहकर्मी हुन्। इङ्लिस लिग कपको क्वार्टरफाइनलमा ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दा सानदार गोल गरेपछि उनले उनै हालान्डको चर्चित गोल ‘सेलिब्रेसन’को नक्कल गरेका छन्।

फ्रान्सेली प्लेमेकर चेर्कीले ३२औं मिनेटमा टप कर्नरमा घुमाउरो प्रहार गर्दै सिटीलाई अग्रता दिलाए। गोलपछि उनले रोबोट स्टाइलको नृत्य गरे र त्यसपछि योग मुद्रामा खुट्टा क्रस गरेर बसे। यो हालान्डको प्रसिद्ध ‘सेलिब्रेसन’ हो।

लियोनबाट यस सिजन सिटीमा आएका चेर्की आफ्नो ट्रिक, सीप र उत्कृष्ट प्रविधिका कारण छिट्टै नै समर्थकहरूका मनपर्ने खेलाडी बनेका छन्। यसै महिना सन्दरल्यान्डविरुद्धको खेलमा उनले ‘राबोना’ क्रस निकालेका थिए, जसलाई फिल फोडेनले हेड गर्दै गोल गरेका थिए।

यद्यपि त्यसपछि प्रशिक्षक पेप ग्वार्डिओलाले चेर्कीलाई लिओनल मेसीझैं सरल तर प्रभावकारी खेल्न सुझाव दिएका थिए। ब्रेन्टफोर्डविरुद्धको गोल पनि मेसीले गर्व गर्न सक्ने खालको थियो। पेनाल्टी क्षेत्रको किनारमा आएको हेडर ‘क्लियरेन्स’ नियन्त्रणमा लिँदै उनले प्रतिद्वन्द्वीलाई झुक्याए।

बल दायाँ खुट्टामा सारेर सिधै टप कर्नरमा प्रहार गरे। ६७औं मिनेटमा साविन्होले सिटीका लागि दोस्रो गोल थपे। उनको प्रहारमा डिफ्लेक्सन लागेपछि बल ब्रेन्टफोर्डका गोलकिपर हाकोन वाल्दिमार्सनमाथि लूप हुँदै गोलमा परिणत भयो।

यस खेलमा हालान्ड सब्स्टिच्युटका रूपमा रहेपनि मैदानमा उत्रिएनन्। चेर्की दोस्रो हाफमा प्रतिस्थापित हुँदा हालान्डले उनीसँग हात मिलाउँदै प्रशंसा गरेका थिए।

यो जितसँगै सिटी २०२१ पछि पहिलो पटक लिग कपको सेमिफाइनलमा पुगेको छ। त्यही वर्ष सिटीले लगातार चौथो पटक र कुल आठौं पटक उपाधि जितेको थियो।

सेमिफाइनलमा सिटीको सामना डिफेन्डिङ च्याम्पियन न्युक्यासलसँग हुनेछ। न्युक्यासलले मंगलबार फुलह्यामलाई स्टपेज टाइममा गोल गर्दै २–१ ले हराएको थियो।

अर्को सेमिफाइनलमा चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हालान्डको  ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा