मोरोक्कोले जित्यो अरब कप
शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता
-1766107820742.webp&w=3840&q=75)
काठमाडौं। अब्देररज्जाक हमेद अल्लाहले दुई गोल गर्दै मोरोक्कोलाई अरब कपको उपाधि दिलाएका छन्।
लुसाइल स्टेडियममा बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले हराएको हो। हमेद अल्लाहले ८८औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
त्यसपछि उनले नै १००औं मिनेटमा निर्णायक गोल गर्दै अफ्रिका कप अफ नेसन्सअघि मोरोक्कोलाई उपाधि दिलाए। फाइनल खेलको सुरुआतमै मोरोक्कोले अग्रता लिएको थियो।
खेलको चार मिनेट नपुग्दै ओसामा तन्नानेले सेन्टर लाइन पछाडिबाट सानदार प्रहार गर्दै गोल गरेका थिए। जोर्डनका अली ओल्वानले ४८औं मिनेटमा हेडरमार्फत बराबरी गोल गरे।
६८औं मिनेटमा पेनाल्टीमार्फत उनले नै जोर्डनलाई २–१ को अग्रता दिलाएका थिए। तर, अन्तिम क्षणमा हमेदले खेल मोरोक्कोको पक्षमा मोडे।






-1766108754902.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)
