पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

काठमाडौं। लिओनल मेसी र अर्जेन्टिना सन् २०२२ को विश्वकप जितेको ऐतिहासिक स्थलमा पुनः फर्किन लागेका छन्।
मार्च २७ मा कतारमा हुने पुरुष फाइनलिसिमा खेलमा अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। यस खेलमा मेसीले पहिलोपटक बार्सिलोनाका उदाउँदा स्टार लामिन यमलसँग सामना गर्न सक्ने सम्भावना पनि छ। यो खेल महादेशीय च्याम्पियनहरूबीचको भिडन्त हुनेछ।
सन् २०२४ को कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो २०२४ विजेता स्पेनबीचको फाइनलिसिमा कतारको लुसाइल स्टेडियममा आयोजना हुनेछ। यही स्टेडियममा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै २०२२ को विश्वकप उपाधि जितेको थियो।
अर्जेन्टिना हालको फाइनलिसिमा डिफेन्डिङ च्याम्पियन पनि हो। उसले सन् २०२२ मा लन्डनको वेम्ब्ली स्टेडियममा इटालीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको थियो।
त्यसअघि सन् १९९३ मा पनि अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टीमा हराउँदै फाइनलिसिमा जितेको थियो। १९९३ पछि यो प्रतियोगिता २०२२ सम्म आयोजना भएको थिएन।
फाइनलिसिमा इतिहासमा फ्रान्सले पनि एकपटक उपाधि जितेको छ। फ्रान्सले सन् १९८५ मा उरुग्वेलाई पराजित गर्दै यो ट्रफी जितेको थियो।







-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
